बबई वारी आउन नदिए पारी जान दिँदैनौं : स्वास्थ्यकर्मीको अनुभव

✍जिवानन्द पाण्डे हेल्थ असिस्टेन्ट (बबई हेल्थ डेस्क) सर्बप्रथम कोरोना भाइरस (COVID-19) संक्रमणका बाबजुत पनि समग्र मानवजातिको जीवन रक्षाको लागि आफ्नो जिउ ज्यानको कुनै प्रवाह नगरी विश्व भर स्वयम वा विभिन्न संघ संस्थामार्फत अग्रपंक्तिमा खटिनुभएका स्वयंसेवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत प्रत्येक्ष तथा अप्रत्यक्ष रुपमा फराकिलो हृदय बनाई आफुलाई जन–सेवामा समर्पण गर्नुहुने सम्पुर्णमा उच्च सम्मान प्रकट गर्दछु […]

सेनाको हेलिकप्टरबाट कालापानीमा सशस्त्र प्रहरी

काठमाडौं, ३० बैशाख । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सडकदेखि संसदसम्म लिपुलेकको विषयमा बहस भइरहेको छ । तर भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा बार्षौदेखि सरकारको उपस्थिति शून्य छ । कालापानी नजिकैको छाङरुमा सशस्त्र प्रहरीको […]

पूर्वपतिलाई बलात्कारको आरोप

सल्यान, २९ बैशाख । बहुविवाह बदर भएका सल्यानका एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा बलात्कारको मुद्दा दर्ता भएको छ । शारदा नगरपालिका–८ सिमखर्कका ३३ वर्षीय युवकले शनिबार स्थानीय रारे जंगलको नर्सरीमा लगेर आफूलाई बलात्कार गरेको भन्दै पूर्वपत्नीले जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दर्ता गराएकी हुन् । बागचौरमा रहेको कुटानी पिसानी मिलबाट घरतर्फ फर्कंदै गर्दा कुटपिट […]

संघको लकडाउन, प्रदेशको सिलमै कर्णालीमा के के खुल्याे (विवरण सहित)

सुर्खेत, २९ बैशाख । २०७७ जेठ ५ गतेसम्म संघ सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनकै क्रममा संघले विभिन्न ४२ प्रकारका उद्योगहरुमा खुकुलो बनाएको छ तर कर्णाली प्रदेशले छुट्टै सिल घोषणा गरेको थियाे । सिल घोषणा गरेको कर्णाली सरकारले केही खुकुलो बनाउने निर्णय गरेको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको सोमबार […]

प्रदेश सरकारको ‘केटाकेटीपन’ अन्त्य गर्न काँग्रेसको आग्रह

सुर्खेत, २९ बैशाख । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलले कर्णाली सरकारलाई केटाकेटिपनबाटमाथी उठन आग्रह गरेको छ । सोमबार संसदीय दलका नेता जीवनबहादुर शाहीले एक विज्ञप्ती जारी गर्दै प्रदेश सरकारले कोरोना नियन्त्रणमा मनोमानी तथा लापरवाही गरिरहेको आरोप लगाउँदै त्यस्तो आग्रह गर्नुभएको हो । विज्ञप्तिमा ‘भौगोलिक दुर्गमताकता अत्याधिक रहेको कर्णाली प्रदेशमा ७९ स्थानीय तह भएकोमा प्रदेश […]

कोरोनाको अवस्था बुझ्न मुख्यमन्त्रीको टोली कालीकोटमा

तुलराज पाण्डे कालीकोट, २९ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोली कोरोनाको अवस्था बारे अनुगमन गर्न कालीकोट पुगेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, प्रदेश सांसद कुर्मराज शाही, प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाण्डे र स्वास्थ्य निर्देशक रितुराज भण्डारी कालीकोट आएका हुन् । जिल्लाका स्थानीय तहका प्रमुख, सुरक्षा […]

हावाहुरीले विद्यालय र स्वास्थ्य चौकिको छाना उडायो

दुर्गा विसि सल्यान (सल्लीबजार), २९ बैशाख । सल्यानको पश्चिम क्षेत्रमा सोमबार वेलुकि चलेको हावाहुरीले केही विद्यालय, स्थानीयका खरका छाना घर र स्वास्थ्य चौकीको छाना उडाएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा रहेको भेरी निमावि गराको ट्रस्ट भवनको छाना उडायो भने वडा १२ को निगाल्चुलामा केही स्थानीयका खरका छाना भएका घर र स्वास्थ्य चौकीको […]

बाढीपीडितलाई खाद्यान्न

सुर्खेत, २९ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको लकडाउन सम्बन्धि आदेशका कारण दैनिक आयआर्जन गरी जीवनयापन गर्ने सुर्खेतका बाढीपीडितलाई खाद्यान्न उपलब्ध गराईएको छ । लकडाउनका कारण दैनिक जीविकोपार्जनमा समस्या झेल्दै आएका सुर्खेतको बराहताल गाउँपालिका स्थित गिरीघाटमा बाढीपीडित शिविरका ९१ घरपरिवारलाई खाद्यान्न तथा आवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध […]

लकडाउनमा काठ तस्करीको सक्रियता बढ्यो

सुर्खेत, २८ बैशाख । (नागरिक न्यूटबाट) बराहताल गाउँपालिका–१० लेखगाउँको सृजना सामुदायिक वनबाट डिभिजन वन कार्यालय सुर्खेतले शुक्रबार राति सालका दुई सय क्युफिट चिरान काठ बरामद ग¥यो । काठ तस्करहरुले सामुदायिक वनभित्रको सिमलचौर खोला नजिकै अस्थायी सःमिलसमेत सञ्चालन गरेको पाइयो । डिभिजन वन कार्यालयको टोलीले रुख काट्न र चिर्न प्रयोग हुने औजार बरामद गरेपनि तस्करहरु भने […]

गाडी र एयर लिफ्टिङबाट ७१८ वडामा स्वास्थ्यकर्मी

सुर्खेत, २९ बैशाख । उनका अनुसार प्रदेश सरकारले तोकेको २७ स्थानका साथै यहाँका ७१८ वडामा डाक्टर टोली खटाउने, प्रत्येक वडाका १० जनाको स्वाब लिएर नमूना परीक्षण गर्ने, कोरोना नदेखिएको ठाउँमा खुकुलो गरेर सबै खाले गतिविधि सञ्चालन गर्ने र देखिएको स्थानलाई सिल गर्ने जनाईएको छ । पहिलो चरणमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसहित २० जना स्वास्थ्यकर्मीको टोली जुम्ला, […]

धानको बीउ बोकेको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

तुलराज पाण्डे कालिकोट, २९ बैशाख । कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं ३ निवासी ६० वर्षिया एक जना बिरामी ल्याएर जिल्ला अस्पताल कालीकोटले जिल्लामा उपचार सम्भव नभएपछी थप उपचारको लागि सुर्खेत स्थित प्रदेश अस्पतलमा रिफर गरी मिति २०७७ बैशाख २७ गते पठाएको जिला अस्पताल कालिकोटले जानकारी गराए । खाँडाचक्र नगरपालकाको नाममा दर्ता भएको सो एम्वुलेन्स […]

सडक खन्ने विवादमा झडप प्रहरीसहित तीन जना घाइते

अमर सुनार दैलेख (चामुण्डा), २९ बैशाख । चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ सातटाकुरामा सडक खन्ने क्रममा शनिवार साँझ भएको विवादले झडप भएपछि एक प्रहरी सहित तीन जना घाइते भएका छन् । धनपायाबाट आधिघर हुँदै सातटाकुरा लिन भनिए अनुसार नलिएको भन्ने विषयमा विवादले झडप भएको हो । झडपमा २५ वर्षीय प्रहरी जवान भीमबहादुर सुनार, चामुण्डा नगरपालिका–४ सातटाकुराका २८ […]

घरभित्र पस्न नदिएपछि गहुँवारीमा वास 

दुर्गा विसि सल्यान (सल्लीबजार), २९ बैशाख । सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा दुई जना थपिएका छन् । यश अघि क्वारेन्टाइन रहेका ६४ जनालाई स्वास्थ्य परिक्षण पछि घर पठाएकै दिनमा थप दुई जना थपिएका छन् ।बाराको करुणा इट्टाभट्टामा मजदुरि गर्दै आएका  लकडाउन लम्बिदै जाँदा उनिहरु आफ्नो घर सल्यान फर्किएका छन् । विभिन्न जुहाडमा सल्यानको बनगाड […]