घरभित्र पस्न नदिएपछि गहुँवारीमा वास 

दुर्गा विसि
सल्यान (सल्लीबजार), २९ बैशाख ।
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा दुई जना थपिएका छन् । यश अघि क्वारेन्टाइन रहेका ६४ जनालाई स्वास्थ्य परिक्षण पछि घर पठाएकै दिनमा थप दुई जना थपिएका छन् ।बाराको करुणा इट्टाभट्टामा मजदुरि गर्दै आएका  लकडाउन लम्बिदै जाँदा उनिहरु आफ्नो घर सल्यान फर्किएका छन् ।

विभिन्न जुहाडमा सल्यानको बनगाड कुपिण्डे वडा ९  गिठाचौर  आफनै घर आएका उनीहरुलाइ घर परिवारले समेत वस्न दिएन्न । शुक्रबार राति उनीहरु घर पुगे पनि घर भित्र पस्न पाएनन् । परिवारले गहुँ वारिमै खान पुर्याए,उक्त रात गहुँ वारिमै वित्यो र भोलि पल्ट नगर प्रमुख गोविन्द कुमार पुनको समन्वयमा नगरको क्वारेन्टाइनमा ल्याएर राखिएको छ । बारा जिल्ला पनि कोरोना संक्रमित वढ्दै गएको जिल्ला भित्र पर्दछ ।

घर परिवारले घरभित्र पस्न नदिए पछि क्वारेन्टाइनमा वसेको जनाए ।आफ्नो, घर परिवार,समुदाय र  राष्ट्रको लागि समेत यसबाट वचन र वचाउन भाग्नु भन्दा क्वारेन्टाइनमा आउनु राम्रो उनीहरुको वुझाइ छ । घर परिवार समुदायले घर नछुन दिएको सल्लाह अनुसार  एक रात उनीहरु गहुँ वारिमा नै वसेको जनाए  । दोस्रो दिन नगर प्रमुख पुन र वडा अध्यक्ष इन्द्रबहादुर कुमाइको समन्वयमा नगरको क्वारेन्टाइन ल्याएको जनाएको छ ।

घरभित्र पस्न नदिएपछि गहुँवारीमा वास 

क्वारेन्टाइनमा वसेका ६४ जना घर फर्के

घरभित्र पस्न नदिएपछि गहुँवारीमा वास 

सडक खन्ने विवादमा झडप प्रहरीसहित तीन जना

Leave a comment

Your email address will not be published. Required fields are marked *