कर्णालीमा भारतबाट भित्रिनेलाई क्वारेन्टाइन व्यवस्थापनमा सकस
सुर्खेत, १३ जेष्ठ । सुर्खेतको सिम्ता गाउँपालिकामा चार दिनमा भारतबाट साढे दुईसयभन्दा बढी नागरिकहरु गाउँ फर्किएका छन् । तर गाउँपालिकाले अहिलेसम्म १६ वटा विद्यालयमा मात्रै क्वारेन्टाइन निर्माण गरेको छ । पालिकाका ६२ वटै विद्यालयमा क्वारेन्टाइन निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले जनाए । ‘हुलकाहुल नागरिकहरु गाउँ आउन थाले, थेग्नै सकिने अवस्था छैन’ उनले भने, ‘१४ […]



