सुर्खेतका कोरोना संक्रमित भन्छन ‘कोरोना लागेको महशुस नै भएको छैन’

सुर्खेत, १२ जेष्ठ ।
कर्णाली प्रदेश अस्पतालमा सुर्खेतका तीन र दैलेखका एक जना संक्रमित उपचार गराइरहेका छन् । जहाँ सुर्खेतको चौकुने गाउँपालिकाका संक्रमित युवा पनि कोरोनालाई जितेर फर्कने विश्वासका साथ आइसोलेशनमा छन् । उनले युगआह्वानसँग संक्रमण, उपचार र अस्पतालमा रहँदाको अनुभव यसरी साँटेका छन् ।

म भारतको मुम्बईस्थित एक होटलमा काम गर्थेँ । लकडाउन भएको एक महिनासम्म त हामीलाई खान र बस्नको कुनै समस्या भएन । कोरोना फैलिएसँगै नागरिकको मृत्यु भएका खवरहरु सार्वजनिक हुन थाले । स्थिति जटिल बन्ने संकेत थाहा पाएपछि नेपाल जाने निधो गरर्यौं । भारतमा संक्रमित भएमा उपचार नपाउने अवस्था आउन सक्ने हामीले अनुमान गरिसेकका थियौं । बरु मरे पनि आफ्नै जन्मभूमिमा मरौंला भनेर हामी ६८ जनाको टोली नेपाल फर्कने निधो ग¥र्यौं । म आवद्ध होटलमा दुईजना नेपाली मात्रै थियौँ ।

बाँकी सबै घर गइसकेका थिए । भारतले लकडाउन खुकुलो बनाएसँगै हामीले नेपाल फर्कन साथीहरुसँग सम्पर्क राख्यौँ । ६८ जना ट्रकमा चढेर आयौं । रुपैडिया आउन झण्डै चारदिन लाग्यो । नेपाल आएपछि अब त बाँचियो भनेर ढुक्क भयौँ । बबईसम्म आउँदा हामी ६८ जना मध्ये ६५ जनाको टोली दुई बसमा आयौं । बबईमा गरिएको आरडीटी परीक्षणमा मेरो रिपोर्ट पोजेटिभ आयो । मलाई सिधैं घण्टाघरको क्वारेन्टाइनमा राखियो । पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएपछि कालागाउँमा ल्याइयो । अहिलेसम्म त मेरो स्वास्थ्य अवस्था फिट एण्ड फाइन नै छ । कोरोना लागेको महशुस गरेको छैन । कोरोनालाई जितेर फर्किन्छु भन्ने आत्मविश्वास छ । खाना, पानी र वस्नको लागि राम्रो व्यवस्था छ । मसहित अन्य चार जनालाई अलग अलग कोठामा राखिएको छ ।

चिकित्सकहरुले बेला बेला फोन गरेर स्वास्थ्यस्थिति बारे जानकारी लिनुहुन्छ । बाहिर नर्सहरु बस्नुभएको छ । म सुत्ने कोठामा ज्वरो नाप्ने थर्मल गन, रगत जाँच गर्ने उपकरण लगायतका स्वास्थ्य सामग्री राखिएको छ । नर्सहरुले फोनमार्फत सिकाउनु हुन्छ । उहाँहरुको सुझावअनुसार जाँच गरेर नियमित रिपोर्ट टिपाउँदै आएको छौं । मलाई पूर्ण विश्वास छ, अब सात वा दश दिनमा गरिने पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आउनेछ । सरकारले आइसोलेशनमा राम्रो व्यवस्थापन गरेको छ । तर दिनभर एक्लै बस्दा कतिबेला उदेक लाग्छ । इन्टरनेटको सुविधा दिएको भए दिन विताउन अझै सहज हुन्थ्यो । यसतर्फ सरकारलाई काम अघि बढाइदिन अनुरोध गर्दछु ।

सुर्खेतका कोरोना संक्रमित भन्छन ‘कोरोना लागेको महशुस नै भएको छैन’

पलाँताका अध्यक्ष कुटने नेकपा नेता धरौटीमा छुटे

सुर्खेतका कोरोना संक्रमित भन्छन ‘कोरोना लागेको महशुस नै भएको छैन’

‘दुलही लिन गएको छोरो लास बनेर आयो’

Leave a comment

Your email address will not be published. Required fields are marked *