जाजरकोटका चार युवा रुकुममा अझै बेपत्ता

भीमबहादुर सिंह (इकान्तिपुरबाट)
जाजरकोट, १२ जेष्ठ ।
कथित तल्लो जातको युवाले माथिल्लो जातकी युवती भगाउन खोजेको भन्दै पश्चिम रुकुमको चौरहजारी नगरपालिका सोतीमा शनिबार राति भएको घटनामा बेपत्ता भएका चार जना युवा अझै फेला परेका छैनन् । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षिय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना युवा आएका थिए ।

घटनाका पीडितका आफन्त रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालमा । सोतीमा गाउँलेले आक्रमण गर्दा नवराज र चौरहजारीका टिकाराम सुनारको मृत्यु भएको थियो । दुवैको शव आइतबार भेटिएको थियो । भेरी नगरपालिकाका गणेश बुढामगर, सन्जु बिक, गोविन्द शाही र लोकेन्द्र सुनार शनिबारदेखि बेपत्ता छन् ।

पश्चिम रुकुमका प्रमुख जिल्ला अधिकार उपेन्द्रराज पौड्यालले प्रहरीले उनीहरुको खोजी गरिररहेको बताए । ‘प्रहरीले खोजी गरिररहेको छ । उनीहरुको कुनै पत्तो लागेको छैन । भागेर कतै पुगे वा आफ्नै घर पुगे अथवा नदिले बगायो भनेर भन्न सक्ने अवस्था छैन । हामी निष्पक्ष रुपमा छानविन गरिरहेका छौं,’ प्रजिअ पौड्यालले भने । घटनामा संलग्न चौरहजारी सोतीका सात जनालाई पक्राउ गरिएको पनि उनले बताए । यो घटना जातीय विभेदको घटना हो होइन भनेरचाहिँ अनुसन्धान पूरा भएपछिमात्र भन्न सकिने उनले बताए । तर, घटनाका घाइतेहरुले भने जातीय भेदभावका कारण घटना भएको बताएका छन् । घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेदकारी गालीगलौज गर्दै ढुंगामुडा गरेको कान्तिपुरलाई बताएका छन् ।

‘हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यो डुमहरु कुटाई नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन् । उनले हामीलाई बेसरी गाली गर्न थालेपछि हामी फर्किएका थियौं । फर्किइसकेपछि गाउँलेहरु ढुंगामुडा गर्दै आए । हामी फर्किइसकेका थियौं । तर उनीहरुले लखेट्न थाले । हामी भाग्यौं । कोही कता, कोही कता भयौं । कतिजना भेरी नदीमा हाम्फाल्यौं,’ सरोज भँडेलले भने । उनले नवराज विकलाई मारेरै भेरीमा फालिएको बताए । भेरीका १९ जना युवा नवराजकी प्रेमिका सोतीकी मल्ल थरकी १७ वर्षिय युवतीलाई भगाउन भनी गएका थिए । त्यस मध्ये दुई जनाको यो घटनामा ज्यान गएको छ भने चार जना बेपत्ता छन् । १२ जना घाइते छन् ।

याे पनि पढ्नुहाेस :

‘दुलही लिन गएको छोरो लास बनेर आयो’

साेती घटना : दुइकाे शव फेला, पाँच बेपत्ता, वडा अध्यक्षसहित प्रहरी नियन्त्रणमा

जाजरकोटका चार युवा रुकुममा अझै बेपत्ता

‘दुलही लिन गएको छोरो लास बनेर आयो’

जाजरकोटका चार युवा रुकुममा अझै बेपत्ता

प्रहरीले लाठी हानेपछि …

Leave a comment

Your email address will not be published. Required fields are marked *