साेती घटना : दुइकाे शव फेला, पाँच बेपत्ता, वडा अध्यक्षसहित प्रहरी नियन्त्रणमा

जाजरकोट, ११ जेष्ठ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोेतीमा भएको घटना बेपत्ता भएका ६ जना मध्ये एक जनाको सव २५ किलोमिटर तल फेरा खोला नजिक भेरीको किनारमा फेला परेको छ । सवको पहिचान हुन सकेको छैन । बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ बर्षिय नवराज विकको सव शुक्रवार विहानै भेरी किनारमा भेटिएको थियो । मृतक नवराजकी प्रेमिका पस्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीकी १७ वर्षिय सुस्मा मल्ललाई बेहुलीको रुपमा भित्त्र्याउन शनिवार १९ जना युवासहित गाउँ पुगेका बेला वडाध्यक्ष वीरवहादुर मल्लसहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेट्दा नवराजको भेरी नदीमा खसेर मृत्यु भएको र अन्य ६ जना वेपत्ता भएका थिए ।

अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको हत्या भएपछि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका वडाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको हत्या भएपछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँचजनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए । उनका अनुसार घटनामा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिने क्रम जारी छ ।

सुस्माले बोलाएपछि उनलाई लिन नवराजसहितको युवाको समूह सोती पुगेको थियो । उनीहरु आएका थाह पाएपछि केटीका आमाबुवाले गाउँलेलाई बोलाएर आक्रमण गरी लखेटेर हत्या गरेको पिडित पक्षको भनाई छ । प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ का गणेश विक, भेरी नगरपालिका वडा नं. ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका वडा नं. १ का टीकाराम सुनार बेपत्ता भएका छन् । ती मध्ये एक जनाको सव हुन सक्छ सल्यानको राघेचौरको प्रहरीलाई जानकारी गराएका छौं । जाजरकोटबाट पनि प्रहरी गएको छ प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले भने सवको पहिचान परिवारलाई देखाएपछि मात्र हुनेछ ।

नवराजसहितको युवा समुहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरी लखेटेको स्थानीयको भनाई छ । तर माइती पक्षले भने केटीको उमेर नपुगेको र केटीले विहेको लागि अस्वीकार गरेपनि जर्वजस्ती लान खोज्दा विवाद भएको दावी गरेको छ । घटनापछि प्रहरी सम्पर्कमा गएका १२ जना मध्ये भेरी नगरपालिका वडा नं. ४ का सुदीप खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सवको पोष्र्टमार्टमका लागी जिल्ला अस्पताल ल्याईएको र घटना बारे गम्भिर अनुसन्धान भैरहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी श्रेष्ठले बताए ।

याे पनि पढ्नुहाेस :

गाउँलेको कुटाइबाट एकको मृत्यु, ६ बेपत्ता

तपाईको प्रतिक्रिया