२०८२ बैशाख १७ गते
×

Now Playing

कालीकोटमा जेष्ठ पञ्चमीमा लाग्ने मेला रोकियो

तुलराज पाण्डे
कालिकोट, ११ जेष्ठ ।
कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारले सक्दो काम र पहल गरिरहेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिकाले जेष्ठ पञ्चमीका दिन परम्परागत रुपमा मनाउँदै गरेका पैठेजात्राहरु नमनाउने घोषणा गरिएको छ । कालिकोट जिल्लाकै सबैभन्दा ठूलो मेला लाग्ने खापर मष्टाको मन्दिरमा यस वर्ष पूजाआजा, जात्रा नहुने वडा नं. ६ का वडाध्यक्ष जगदिश शाहीले बताए । उनले सम्पूर्ण स्थानिय तह तथा अन्य जिल्लाबाट पैठे जात्रा हेर्न आउनेहरु को धेरै भीडभाड हुने भएकाले यस वर्ष विश्व माहामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण भिडभाँड हुने भएकाले मुख्य देवताको पूजा नगरिने बताए ।

त्यस्तै, जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ५ दाहाँ ढाडगाउँमा मनाइने धल्पुरा देवताको थानमा पनि यस वर्षको जेठ पञ्चमीका दिन मनाइने जात्रा पूर्णरुपमा बन्द हुने वडा नं. ५ का अध्यक्ष खडानन्द चौलागाँईले बताए । चौलागाँईका अनुसार दुईचार जना धामी झाँक्री मात्र गएर रितिरिवाज अनुसार पुजाआजा गर्छन् धेरै ठुलो जनमास भएर भीड हुने छैन ।

धल्पुरा देवताका धामी जयखर चौलागाँईले देविदेवताको विश्वास आफ्नो मनमा हुने तर, कोरोनाले विश्व संकटमा परेका बेला धामीझाँक्रीले नै भीडभाड गर्ने कार्य गर्नु अपराधजन्य हुने बताए । खाँडाचक्र नगरपालिका भित्र पर्ने सम्पूर्ण वडाका पैठे जात्राहरु यस वर्ष कोरोना भाइरस नियन्त्रण नहुन्जेलसम्म बन्द हुने खाँडाचक्र नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खड्कप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार संघीय सरकार, प्रदेश सरकार र खाँडाचक्र नगरपालिको बैशाख ५ गते को कार्यपालिकाको निर्णय जेष्ठ पञ्चमिमा लाग्ने मेलाहरु बन्द गर्ने भएपनि गाउँघरमा रितिरिवाज अनुसार भीडभाड तथा जात्रा बढी हुने भएकाले नगरपालिकाले निगरानी राखेर नियन्त्रण गर्नेछ । कर्णाली प्रदेशमा कोरोना भाईरस संक्रमितहरुको संख्या बढ्दै गएपछि नागरिकहरु दिनप्रतिदिन त्रसित बन्दै गएका खाँडाचक्र नगरपालिका नगर प्रमुख जसि प्रसाद पाण्डेले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *