७ सय ३४ जनाको पिसिआर परीक्षण सबैको रिपोर्ट नेगेटिभ

तुलराज पाण्डे कालिकोट, ११ जेष्ठ । कालिकोट जिल्लामा हालसम्म जम्मा ७ सय ३४ जनाको कोरोना शंखास्पत मानिसहरुको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार शुक्रबारसम्म जिल्लाका ९ वटै स्थानिय तहबाट स्वाब संकलन गरी जम्मा ७ सय ३४ जनाको पिसिआर परीक्षण गरिएको हो । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटक […]

थप १९ जनामा संक्रमण, संक्रमित संख्या ६०३ पुग्यो

काठमाडौँ, ११ जेष्ठ । नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६०३ पुगेको छ । काठमाडौँमा एकसहित १९ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, बाराका १, पर्साका ३, रौतहटका १,सर्लाहीका १, रुपन्देहीका ६,काठमाडौँ सोह्रखुट्टेका १, […]

गाउँलेको कुटाइबाट एकको मृत्यु, ६ बेपत्ता

जाजरकोट, ११ जेष्ठ ।(रासस) गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । १२ युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो […]

१ सय ५ थान यार्सासहित रुकुमका दुई जना पक्राउ

डोल्पा, ११ जेष्ठ । डोल्पाको काईके गाउँपालिका वडा नं १ मा पर्ने ठाँगे पाटनबाट दुई जना यार्सागुम्बा तस्कर पक्राउ परेकाछन् । पक्राउ पर्नेमा छिमेकी जिल्ला रुकुम पुर्व पुथाह उत्तर गंगा गाउँपालिका १ मैकोट बस्ने २६ बर्षिया सुवजित वि.क र सोही ठेगानाका ४२ बर्षिया छायाँ बहादुर बि.क रहेकाछन् । खुल्दै नखुलेको पाटनमा लुकिछिपि प्रवेश गरेर यार्सागुम्बा […]

वडा नम्बर ४ मा घर–घरमै सामाजिक सुरक्षा भत्ता

तुलराज पाण्डे खाँडाचक्र (कालिकोट), ११ जेष्ठ । कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घर–घरमै पुगेर वितरण शुरु गरेको छ । कार्यविधि अनुसार दोस्रो चौमासिकको भत्ता घरमै पुगेर वितरण गर्न थालिएको हो । विश्वमाहामरी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले गरेको लकडाउनका कारण सेवाग्राहीहरुलाई घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता […]

कर्णालीका थप ५ जनाको कोरोना पुनःपरिक्षण गरिँदै

सुर्खेत, ११ जेठ । कर्णाली प्रदेशका थप पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश सुर्खेतमा रहेका दुई वटा ल्यावबाट पीसीआर परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको हो । अन्तिम रिपोर्टका लागि पुनः परीक्षण गर्न नेपालगंजको ल्यावमा पठाइएको छ । नेपालगंजको ल्यावले समेत कोरोना पोजेटिभ देखाएमा कोरोना संक्रमित घोषणा गरिनेछ । भारतवाट कर्णाली भित्रिएर सुर्खेतमा […]

प्रहरीकै सेटिङमा अण्डामा कालोबजारी

सुर्खेत, ११ जेष्ठ । प्रहरी, प्रशासनकै मिलेमतोमा कर्णालीमा अण्डाको कालोबजारी भएको रहस्य खुलेको छ । कोरोना भाईरस नियन्त्रण, रोकथामका लागि २०७६ चैत्र ११ गतेदेखि देश लकडाउनमा छ । लकडाउनमा दैनिक अत्यावश्यक सेवा बाहेक सबै सेवा पूर्ण रुपमा बन्दाबन्दी छन् । कोरोना नियन्त्रणकै लागि कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसीएमसी) को बैशाख २ गतेको बैठकले दुध, […]

जुम्लामा कोरोना जोखिम बढेपछि न्यायिक सक्रियता

जुम्ला, ११ जेष्ठ । उच्च अदालत जुम्लाले कोरोनाका कारण जुम्लामा उच्च जोखिम देखिएपछि भारत र तेस्रो मुलुकबाट भित्रिएका सबै नागरिकको विवरण संकलन गरी शीघ्र परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, चन्दननाथ नगरपालिका र जुम्लाका आठ गाउँपालिकालगायत निकायका नाममा आदेश जारी गरिएको छ । उच्च […]

YUGAAWHAN NATIONAL DAILY (2077-02-11)

क्वारेन्टाइनमा बसेकाको बेहाल

दैलेख, ११ जेष्ठ । भारत सरकारले रेलसेवा सुरु गरेसँगै दैलेखमा पनि सिमावर्ती क्षेत्रबाट आउनेको लर्को लागेको छ । यो क्रम जारी छ । बिहीबार मात्रै रुपैडिया नाकाबाट दैलेखका विभिन्न स्थानीय तहका एक हजार बढी नागरिक भित्रिए । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । तर, क्वारेन्टाइन नाम मात्रैका छन् । क्वारेन्टाइनमा खानेपानी, शौचालय, आड्ने ओछ्याउनेदेखि खानपिनको पनि […]

बाँकेमा १४३ जना कोरोना संक्रमित ‘रेड जोन’ बन्दै

बाँके, ११ जेष्ठ । नेपालका कूल कोरोना भाइरस (कोभिड–१९) का संक्रमितमा एक चौथाइ त बाँके जिल्लाकै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह ४ बजे देशका ४० जिल्लामा पाँच सय ८४ जनामा कोरोना संक्रमण पुष्टि गरेकोमा बाँकेका मात्रै एक सय ४३ पुगेका हुन् । जुन नेपालका कूल संक्रमितमध्ये २४.४८ प्रतिशत बाँकेमा हुन आउँछ । […]

कर्णाली भित्रनेको प्रवेश विन्दुमै परीक्षण गर्ने निर्णय

सुर्खेत, ११ जेठ । कर्णालीमा भित्रने नागरिकहरुको अनिवार्य रुपमा प्रवेश विन्दुमा नै परीक्षण गरिने भएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले भारतबाट आउने नागरिकहरु परीक्षण विना प्रदेशमा प्रवेश गरिहेकाले अनिवार्य नाकामा परीक्षण गर्ने निर्णय गरेको हो । प्रदेशमा प्रवेश गर्ने नाकामा गरेको अवस्थामा प्रदेशको प्रवेश विन्दुमै आवश्यक स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, आवश्यक मनोसामाजिक परामर्श […]

आजदेखि कर्णालीको बजेट अधिवेशन

सुर्खेत, ११ जेष्ठ । कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आज (आइतबार) देखि सुरु हुँदैछ । यसका लागि संसद बैठक अाज दिउँसो तीन बजे बस्नेछ । कोरोनाको त्रासका बीच आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका लागि अधिवेशन आव्हान गरिएको छ । अधिवेशन सामाजिक दुरी कायम गरेर सञ्चालन हुने प्रदेश […]