जुम्लाका स्याउ किसान र बीमा  कम्पनीबीच किन भइरहेको छ विवाद ?

जुम्ला, १५ पुस । जुम्लाका स्याउ किसान र शिखर इन्स्योरेन्स कम्पनीबीच पछिल्ला केही महिना यता टकराव चलिरहेको छ । कम्पनीले पाँच वर्षअघि सुरु गरेको मौसमी सूचकांकको आधारमा गरिने बीमाको भुक्तानीलाई लिएर जुम्लाका स्याउ किसान आन्दोलनमै उत्रिन बाध्य बनेका छन् । मौसमजन्य प्रकोपबाट स्याउमा क्षति पुगेपछि किसानहरुले पटक–पटक आफुहरुले तिरेको मूल्य बराबरको भुक्तानी पाउनुपर्ने माग गर्दै […]

सम्पादकीय : निर्वाचनलाई भयरहित बनाऔं !

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । यससँगै मुलुक पुनः निर्वाचनको प्रक्रियामा औपचारिक रूपमा प्रवेश गरेको छ । आयोगका अनुसार यस पटक कुल एक करोड ८९ लाख तीन हजारभन्दा बढी मतदाता रहेका छन्, जुन अघिल्लो निर्वाचनको तुलनामा झण्डै नौ लाखले वृद्धि भएको हो । मतदाताको […]

तमु ल्होसारले भाइचारा र सांस्कृतिक संरक्षणमा योगदान पुर्याएको छ: मुख्यमन्त्री आचार्य

दाङ,१५ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना मजबुत बनाउँदै मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभएको छ । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यस्ता मौलिक पर्वहरूले विविधतामा एकता भन्ने साझा मूल्यलाई […]

“जुम्लामा प्रशासनले परिचयपत्र निःशुल्क बनायो”

गाेल्डेन बुढा जुम्ला,१५ पुस। फाराम टेबलमा राखिँदै गर्दा जुम्लाको पातारासी गाउँपालिका–६ की सरिता बिष्टका लागि राष्ट्रिय परिचयपत्रको फाराम कागजको टुक्रा मात्र थिएन, त्यो डर थियो। अक्षर नचिनेको, मोबाइल चलाउन नजान्ने उनको सरकारी प्रक्रिया भनेको सधैं अरूको भर पर्नु थियो। “गल्ती भयो भने काम रोकिन्छ, फेरि फर्काइन्छ कि भन्ने डरले हात काँप्थ्यो,” उनी भन्छिन्।सरिताको समस्या अपवाद […]

जाडो बढेसँगै जुम्लाका सामुदायिक विद्यालयहरू बन्द

काली बहादुर परियार जुम्ला,१४ पुस । हिमाली जिल्ला जुम्लामा जाडो दिनप्रतिदिन बढ्दै जाँदा सामुदायिक विद्यालयहरू बन्द हुन थालेका छन् । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने जोखिम बढे पछि सावधानी स्वरूप जिल्लाभरका सामुदायिक विद्यालयहरू बन्द गरिएको हो । जुम्लामा रहेका एक नगरपालिका र सात गाउँपालिकाभित्र सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालय हालका लागि बन्द […]

वन–निर्भर समुदाय मार्फत जलवायु उत्थानशीलता अभिवृद्धि सम्बन्धि जुम्लामा परामर्श

काली बहादुर परियार, जुम्ला,१४ पुस । जलवायु परिवर्तनको प्रत्यक्ष मार खेपिरहेको कर्णाली प्रदेशका वन–निर्भर समुदायको जीविकोपार्जन, क्षमता सुदृढीकरण र जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्य सहित प्रस्तावित एक महत्त्वाकांक्षी परियोजना माथि जुम्लामा जिल्ला स्तरीय परामर्श बैठक सम्पन्न भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा सम्पन्न बैठकमा वन–निर्भर समुदायहरूको जीविको पार्जन र क्षमता सुदृढीकरण मार्फत जलवायु […]

मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धी परियोजनाको उद्घाटन 

काठमाडौं,१४ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा सेन्टरमा एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धी परियोजनाको उद्घाटन गरेको छन । अत्याधुनिक सर्भरहरूमार्फत भोल्टे र भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा प्रदान गर्न विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आइएमएस) प्रणालीको स्विच अन गरी उनले औपचारिक रूपमा परियोजनाको उद्घाटन गरेका हुन् […]

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगञ्ज , पुस। बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२ जनालाई पक्राउ गरिएको छ । जेनजी प्रदर्शनका क्रममा फरार भएकामध्ये ४२ जनालाई प्रहरीले पक्राउ गरेको र १० जना भागेर जिल्ला कारागारबाट अन्य कारागारमा हाजिर भएकालाई फर्काइएको नौबास्ता कारागारका जेलर जालन्धर भुसालले जानकारी दिनुभयो । कारागारबाट फरार भएकामध्ये अझै ९३ जना कारागारमा आउन बाँकी […]

घुयँत्राे:प्रदेश गाली गर्दै सत्ता सम्झौता : ‘प्रदेश नचाहिने’ हरूलाई एक्कासि प्रदेश किन चाहियो ?

आफू कैल्यैनि प्रदेश सरकारकाे पक्षमा नरहेकाे भन्दै आकाे रास्वपा पाटिका नेताहरले बालेनसित सम्झाैता गर्दा संविधान संसाेधनकाे कुरा किन नराख्या हाेलान । बालेननै गणतन्त्रको विराेधमा नभाकाे हुनाले हाेलाकि प्रचण्डकाे डर्ले हाेला । प्रदेश सरकार नमान्ने याे देशका लागि बाेझ भकाे र भष्टाचारकाे मुल पनि यै प्रदेश सरकारलाईनै मानेर विगताँ प्रदेशका चुनाबाँ भागै नलेकाे रास्वपाले यसपटक संविधान […]

नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने

काठमाडौँ,१४ पुस।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यसअघि सांसद र मन्त्री भइसकेका नेतालाई प्रतिनिधिसभाको समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ । पार्टीका शीर्ष नेतृत्वबिचको सहमतिअनुसार यसअघि प्रतिनिधिसभामा प्रत्यक्ष वा समानुपातिकबाट सांसद भएका र राष्ट्रियसभा सदस्य भइसकेकालाई समानुपातिकको सूचीमा समावेश नगरिने सो पार्टीका मुख्यसचिव गणेशमान पुनले जानकारी दिनुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका […]

मङ्सिरमा ४० करोड राजस्व सङ्कलन

काठमाडौँ ,१४ पुस।  नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा रु ४० करोड २५ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व सङ्कलन गरिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामद बापत रु १७ करोड ९५ लाख […]

भ्रष्टाचार र कुशासनविरुद्ध जेन–जी आन्दोलन सशक्त बन्दै, कालिकोटमा संगठन विस्तार तीव्र

कालिकोट ,१४ पुस। देशमा व्याप्त भ्रष्टाचार, कुशासन र मनपरी प्रवृत्तिका विरुद्ध सशक्त आवाज उठाउँदै आएको जेन–जी आन्दोलनले संगठनलाई संस्थागत तथा दीर्घकालीन रूपमा अगाडि बढाउने तयारी तीव्र बनाएको छ। जेन–जी कालिकोटले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आन्दोलनले देशभर सकारात्मक सन्देश प्रवाह गर्दै नागरिक चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको जनाएको छ। आन्दोलनलाई व्यवस्थित ढंगले विस्तार गर्ने योजनाअन्तर्गत प्रत्येक […]

पृथ्वी जयन्ती दिवसमा नेपाली सेनाद्वारा हाजिरी जवाफ प्रतियोगिता

गाेल्डेन बुढा जुम्ला,१४ पुस। ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस,२०८२ लाई औपचारिकता र माल्यार्पणमा सीमित नराखी बौद्धिक विमर्श र राष्ट्रिय चेतनासँग जोड्ने प्रयासस्वरूप नेपाली सेनाको देवीदत्त गणले जुम्लामा अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ। विद्यार्थी केन्द्रित यस कार्यक्रमले इतिहासबोध, तर्कशक्ति र समसामयिक चेतनालाई एकै थलोमा जोड्दै पृथ्वी जयन्तीको सार्थकता उजागर गरेको सहभागीको धारणा छ।जिल्लाका […]