नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने

काठमाडौँ,१४ पुस।
 नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यसअघि सांसद र मन्त्री भइसकेका नेतालाई प्रतिनिधिसभाको समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ ।

पार्टीका शीर्ष नेतृत्वबिचको सहमतिअनुसार यसअघि प्रतिनिधिसभामा प्रत्यक्ष वा समानुपातिकबाट सांसद भएका र राष्ट्रियसभा सदस्य भइसकेकालाई समानुपातिकको सूचीमा समावेश नगरिने सो पार्टीका मुख्यसचिव गणेशमान पुनले जानकारी दिनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अपराह्नसम्म समानुपातिकतर्फको बन्द सूची बुझाउने कार्यतालिका छ । आयोगले आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन दलहरूलाई निर्देशन दिएको छ । समानुपातिकतर्फको ११० सिटका लागि दलहरूले बन्द सूची पेस गर्नुपर्ने छ।

sharethis sharing button
नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने

मङ्सिरमा ४० करोड राजस्व सङ्कलन

नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने

घुयँत्राे:प्रदेश गाली गर्दै सत्ता सम्झौता : ‘प्रदेश

Leave a comment

Your email address will not be published. Required fields are marked *