घुयँत्राे:प्रदेश गाली गर्दै सत्ता सम्झौता : ‘प्रदेश नचाहिने’ हरूलाई एक्कासि प्रदेश किन चाहियो ?

आफू कैल्यैनि प्रदेश सरकारकाे पक्षमा नरहेकाे भन्दै आकाे रास्वपा पाटिका नेताहरले बालेनसित सम्झाैता गर्दा संविधान संसाेधनकाे कुरा किन नराख्या हाेलान ।
बालेननै गणतन्त्रको विराेधमा नभाकाे हुनाले हाेलाकि प्रचण्डकाे डर्ले हाेला । प्रदेश सरकार नमान्ने याे देशका लागि बाेझ भकाे र भष्टाचारकाे मुल पनि यै प्रदेश सरकारलाईनै मानेर विगताँ प्रदेशका चुनाबाँ भागै नलेकाे रास्वपाले यसपटक संविधान संसाेधनकाे कुरै ननिकाल्या देख्दा कि त रास्वपा नि कार्यकर्तालाई प्रदेशमै जागिर दिने दाउमा छ या प्रचण्डकाे डरले हाे यी २ कुराँ याैटा कुरा त पक्कै हाे किनभने प्रचण्डले रबिलाई गुन ला छन नि त जेलाँ भेटन गएर हाेस कि गृहमन्त्री बनाएर हाेस । जल्ले जत्तिकुरा गरेनि संघियता र गणतन्त्र चाईया चाइँ माओवादिका प्रचण्डलाई मात्रै हाे किनभने उनलाई देश र जनताकाे माया थियनकि १२ बर्षसम्म हिलै,धुलै र भाेकभाेकै,परेड खेलाका कार्यकर्ता सबलाई राजनितिक जागिर खुवाउनु थियाे र देशकाे सत्ता आफ्नाे कबजाँ लिएछि यसलाई अनवरत आफ्नै पक्षाँ राख्ने र लास बनेर घाटमा नजाउन्जेल सत्ताकाे सयलमा बसि रहने र लाशलाई तिनै सेनाले सलामी चढाएर विदा गरेछि बल्ल स्वर्गमा पुग्ने लालच पालेर बसेका प्रचण्डले गिरिजाकाे आडमा गणतन्त्र र संघियता दुईटै आफ्नाे हातमा पार्न सफल भए त्यसैले पनि उनलाई आफ्ना हरेक कार्यकर्तालाई जागिर दिने ठाउँ कलकारखाना, उद्याेग ब्यवसाय भन्दा स्थानिय सरकार र प्रदेश सरकारनै उपलब्धिमूलक हुन सक्ने ठहर गर्दै संघियताकै पक्षमा दिलाे ज्यान दिएर लागे त्यसैले पनि संघियता हटाउने वा स्थानिय सरकारलाई गैर राजनितिक बनाउन उनी मान्दैनन ।
प्रचण्ड भनेकाे याैटा यस्ताे नेता हाे जाे सत्तामा गएपछि सकेसम्म उद्याेग ब्यवसाय खाेलेर जनतालाई तिनै उद्याेग मन काम दिएर उनिहरुलाई मजदुरमा परिणत गरि कमिनिष्ट ब्यवस्थालाई टिकाई राख्नु पर्ने ठाउँमा युध्दका बेला आँफुसित रहेका सेना बाहेक कसैलाई पनि राेजगारी र समृद्ध नबनाउने चिन्तन भएका कारणनै देशमा कमिनिष्ट शासनमा उद्याेग धन्दा खुल्नुकाे सट्टा बरु बन्द गर्दै र हुँदै गए । संघियाताका नाममा देशलाई आठै वर्षमा टाट बनाएका प्रचण्डले यति छिटाे ब्यबस्था परिवर्तन हाेला र देश लुटने काम राेकियला भन्ने साेचेकै थियनन ।
गएकाे भदाैरे आन्दोलनकाे याैटा मुद्दा संघियता हटाउने र जनप्रतिनिधिहरुकाे संख्या अत्यन्त न्युन राख्ने विषय उठाएकाले पनि अब याे भिखमग्गा देशमा याे विषयलाई समाति राख्दा असफल हाेईने डरले पाटि एकिकरणका नाममा माओवादि भन्ने पाटिकाे नामलाईनै तिलान्जलि दिएर हिँडेपछि उनका साथमा रहेका माओवादिहरुनि छिन्न भिन्न भै गै सकेका र केहिलाई नेपाली कमिनिष्ट पाटिका नाममा प्रचण्डले नयाँ जुनी प्राप्त गरेकाले संविधान संसाेधनकाे विषय सदनमा जे पर्छ त्यै टर्छ भन्ने धारणा बनाएर नराखेकाे नि हुन सक्दछ भने संविधान संसाेधनै गर्नु पर्ने भए राजावादिहरुसित मिलेर राजा राख्ने कुरामा सहमति गरेर अघि बढन सकिन्छ भनेरनि नराखेकाे हुन सक्दछ । यद्यपि याे कुरा तिनै सम्झाैतावादिबाहेक अरुलाई थाहा हुने कुरा भएन । तर पनि याैटा शंका के उब्जेकाेछ भने हिजाेसम्म सिमित कार्यकर्ता भएकाले प्रदेश सरकारकाे विराेधमा रहेकाे रास्वपा ऐले किन प्रदेश प्रणालि विरुद्ध बाेल्दैन भनेर शंका गर्ने ठाउँ चाईँ छ है । त्यसैले कतै अबकाे सत्ता आफ्नै हाे त्यसैले आफ्ना कार्यकर्तालाई राेजगारी दिन पनि प्रदेश सरकार त चाहिन्छ त्यसैले याे विषयाँ नबाेलम् भनेर बालेन रबिविच सम्झाैता भएरै ७ बुँदे सहमति भएकाेछ । १३गते एका बिहानै हाम्राे गाउँघराँ याैटा उखान छनि ( कुकुरलेनि गू नखाँदै ) भएकाे याे सम्झाैताले उल्लेखित बुँदा र घटनामा तलमाथि नगराओस हाम्राे शुभकामना ।






