नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

बाँके १६ पुस ।  नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा रु सात अर्ब ६५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवको पाँच महिनामा रुसात अर्ब ६५ करोड १९ लाख ९० हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार नेपालगन्ज भन्सारले चालु आवको […]

सम्पादकीय : स्याउको बीमा रकम तत्काल भुक्तानी देऊ !

जुम्लाका स्याउ किसान र शिखर इन्स्योरेन्स कम्पनीबीच पछिल्ला केही महिना यता टकराव चलिरहेको छ । कम्पनीले पाँच वर्षअघि सुरु गरेको मौसमी सूचकांकको आधारमा गरिने बीमाको भुक्तानीलाई लिएर जुम्लाका स्याउ किसान आन्दोलनमै उत्रिन बाध्य बनेका छन् । मौसमजन्य प्रकोपबाट स्याउमा क्षति पुगेपछि किसानहरुले पटक–पटक आफुहरुले तिरेको मूल्य बराबरको भुक्तानी पाउनुपर्ने माग गर्दै आएका छन् । बीमावापतको […]

घुयँत्राे:‘केटाकेटी आए, गुलेली खेलाए’ : चुनावी राजनीति कि बालमैत्री मेला?

हैन ! के सुन्न पर्या हाे के यस्ताे? काँग्रेस नि एमाले जस्ताे कमिनिष्ट पाटिसित चुनाबाँ मिलेर जान पर्ने भएछ त ! नेपालका सबभन्दा ठूला दल मात्रै हाे र गाेडा चालिसेक वर्ष पालाे पालाे गरि सत्ताँ बस्या कुकुर बिरालाजस्ता सँधै एकले अर्काृलाई सिध्याउनकै लागि राजनीति गर्या दलनि चुनाबाँ गठबन्धन गरेर जान पर्ने भएछि अब नेपाली राजनीतियाँ […]

जुम्ली जनताको खोजी: जिम्मेवार प्रतिनिधि

गाेल्डेन बुढा जुम्ला,१५ पुस। पातारासीका स्थानीयहरू हरेक प्रतिनिधि छान्ने निर्वाचनमा उत्साहित हुने गर्छन्। तर फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पनि गाउँमा चुनावी रौनक कम छ।२०४८ सालको संसदीय चुनावदेखि मतदाता बनेका पातारासी–४ का मोतीलाल बुढा भन्छन्, “अहिलेसम्म धेरै प्रतिनिधि बने, तर हाम्रो बाटा अझै कच्चा छन्। मुहान सुक्दा पानीका धारा बन्द हुन्छन्। […]

कर्णाली बासी: लामो रातको कथा

गोल्डेन बुढा जुम्ला ,१५ पुस। कर्णालीमा पुस १५ केवल पात्रोको एउटा मिति होइन। यो समयप्रतिको दृष्टि हो, प्रकृतिसँगको सम्बन्ध हो र पुस्तौँदेखि अभ्यास हुँदै आएको सामूहिक स्मृतिको जीवित परम्परा हो। वर्षकै सबैभन्दा लामो रात नसुतेर बिताउने चलनले कर्णाली समाजको धैर्य, सहअस्तित्व र प्रकृतिसँगको सामञ्जस्यलाई उजागर गर्छ। तर आज यही सांस्कृतिक अभ्यास संरक्षणको सबैभन्दा संवेदनशील मोडमा […]

घाँस काट्न गएकी १७ वर्षीया बालिकाको बाघको आक्रमणबाट मृत्यु, बर्दियामा वन्यजन्तु आतङ्क बढ्दो

बर्दिया ,१५ पुस। बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएकी १७ वर्षीया बालिकाको बाघको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा कोठिया टोल निवासी बिनीता परियार रहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार आमा–छोरीसहित पाँच जनाको समूह सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा अचानक बाघले आक्रमण गरेको हो । उकालो […]

जुम्लाको खलंगा बजारमा दुई सय सडक बत्ती जडान, रातमा सुरक्षित र सहज

काली बहादुर परियार जुम्ला ,१५ जुम्ला। जुम्लाको सदरमुकाम चन्दननाथ नगरपालिका अब साँझ परे पछि पनि उज्यालो देखिन थालेको छ । नगर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने लक्ष्य सहित चन्दननाथ नगरपालिकाले पहिलो चरणमा खलंगा बजार क्षेत्रमा दुई सय सडक बत्ती जडान कार्य सम्पन्न गरेको छ । नगरपालिकाका १० वटै वडा समेट्ने दीर्घकालीन योजना अन्तर्गत पहिलो […]

शिखर इन्स्योरेन्स कम्पनीले कानुनी बाटो देखाएपछि किसानहरू भड्किए

काली बहादुर परियार जुम्ला,१५ पुस।  स्याउ बिमा विवाद समाधानका लागि भएको वार्ता निष्कर्षमा नपुगेपछि शिखर इन्स्योरेन्स कम्पनीविरुद्ध जुम्लामा किसान आन्दोलन झनै चर्किएको छ । केन्द्रिय कार्यालयबाट वार्ताका लागि जुम्ला पुगेका महाप्रबन्धक उदित प्रसाद काफ्ले नेतृत्वको टोलीले तातोपानी, पातारासी र कनकासुन्दरी गाउँपालिकाका बिमा पीडित किसानको मागप्रति स्पष्ट निर्णय नदिँदा आन्दोलनले उग्र रूप लिएको हो । वार्ताका […]

प्रतिनिधिसभा निर्वाचन ६५दिन बाँकी :  राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ, १५ पुस ।  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले  मतदाता नामावली खरिदका लागि रु एक हजार, सवारी साधनमा रु ७० हजार, सवारी इन्धन रु १० हजार, प्रचारप्रसार सामग्रीमा […]

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

बङ्गलादेश,१५ पुस। बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की प्रमुख खालिदा जियाको ८० वर्षको उमेरमा आज बिहान निधन भएको छ । खालिदाको परिवार र पार्टीका नेताहरूले उनको निधन भएको पुष्टि गरेका छन् । खालिदा नोभेम्बर २३ मा अस्पतालमा भर्ना भएकी थिइन् र डिसेम्बर ११ देखि भेन्टिलेटरमा थिइन् । खालिदा कलेजो सिरोसिस, मिर्गौला, फोक्सो र मुटुको […]

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र

दाङ, १५ पुस ।  घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रूपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ’ गर्ने र रोलिङ गर्ने काम  भइरहेको छ । अबको केही समयपछि ग्राभेल राख्ने काम सुरु गरिने निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभीले जनाएको छ । घोराहीको डिके पेट्रोलपम्पदेखि […]

प्रतिनिधिसभा निर्वाचनः कैलालीमा १२ मतदान केन्द्र थप

कैलाली, १५ पुस ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा १२ वटा मतदान केन्द्र थपिएको छ । विसं २०७९ को निर्वाचनको तुलनामा मतदाता सङ्ख्या बढेसँगै आगामी निर्वाचनका लागि मतदान केन्द्र थपिएको हो । वि.सं. २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा ६२९ मतदान केन्द्र रहेकामा आगामी निर्वाचनका लागि १२ मतदान केन्द्र थपिएर ६४१ मतदान […]

जाडो बढेसँगै डोल्पाका सामुदायिक विद्यालयहरू बन्द

डोल्पा ,१५ पुस। हिमाली जिल्ला डोल्पामा अत्यधिक जाडो बढ्दै गएपछि सामुदायिक विद्यालयहरू बन्द हुन थालेका छन् । चिसो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै जिल्लाका भित्रका विद्यालयहरू बन्द हुने भएका हुन् । डोल्पाको मुड्केचुला गाउँपालिका भित्र सञ्चालित सबै सामुदायिक विद्यालयहरू हिजो ( सोमबार) देखि बन्द गरिएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाका अनुसार […]