आगामी जेठमा एभरेष्ट टुरिजम अवार्ड र विश्व शान्ति सम्मेलन

काठमाडौँ, १७ पुस ।  एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५ गते दोस्रो ‘एभरेष्ट टुरिजम अवार्ड, २०२६’ तथा ‘विश्व शान्ति सम्मेलन’ आयोजना हुने भएको छ । अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसरमा दिगो पर्यटन, कला, संस्कृति र हिमाल संरक्षणमा योगदान गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा […]

पातारासी–२ मा बाैलाह कुकुरको टोकाइबाट दुई जना गम्भीर घाइते

काली बहादुर परियार जुम्ला ,१७ पुस। पातारासी गाउँपालिका–२ मा रेबिजको आशंका गरिएको बाैलाह कुकुरको टोकाइ बाट दुई जना गम्भीर घाइते भएका छन् । गाउँपालिका–२ अन्तर्गत पर्ने पेरे गाउँमा भएको यस घटनाले स्थानीय बासीमा त्रास फैलिएको छ भने बालबालिका, ज्येष्ठ नागरिक र अभिभावकहरू थप सतर्क बन्नुपर्ने अवस्था आएको छ । स्थानीयका अनुसार अचानक आक्रमणकारी बनेको बाैलाह […]

शीतलहरको कहरमा गुन्यालफाँटाका वादी समुदाय

कञ्चनपुर, १७ पुस ।  तराई क्षेत्रमा बढेको अत्याधिक शीतलहर र कठ्याङ्ग्रिँदो चिसोले कृष्णपुर नगरपालिका–२, गुन्यालफाँटास्थित वादी बस्तीको जनजीवन निकै कष्टकर बनेको छ । चरम आर्थिक अभाव र न्यून स्रोत–साधनका बीच गुजारा गरिरहेका यहाँका ६४ घरधुरीका वादी समुदाय यतिबेला ओढ्ने–ओछ्याउने तातो कपडाको अभावमा पुसको जाडोमा थुरथुर काँप्दै रात कटाउन बाध्य छन् । विगत दुई सातादेखि यस […]

विचारः बिपीको मेलमिलापको सान्दर्भिकता

धर्मेन्द्र झा/रासस नेपाली राजनीति आज पनि अस्थिरता, अविश्वास र ध्रुवीकरणको चपेटामा छ । सत्ता–विपक्षबीचको टकराव, राजनीतिक दलहरूभित्रकै आन्तरिक विवाद र समाजमा बढ्दो असहिष्णुताले राष्ट्रिय एकता र लोकतान्त्रिक अभ्यासलाई चुनौती दिइरहेको छ । यही सन्दर्भमा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अघि सारेको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ । बिपी […]

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम

काठमाडौँ, १७ पुस ।  गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ । सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले भोग्ने तनाव, एन्जाइटी र डिप्रेसन जस्ता समस्या […]

योजना अधुरा छाड्ने प्रवृत्ति निरुत्साहन गर्न मुख्यमन्त्री कँडेलको निर्देशन 

सुर्खेत, १७ पुस । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास आयोजनाहरु अधुरो रहने गरी बजेट छुट्याउने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका छन्र । कर्णाली प्रदेश योजना आयोगद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले बिगतमा एकवर्षे बजेटलाई बहुवर्षीय आयोजना जस्तै गरी आधा काम गरेर छाड्ने प्रवृत्ति मौलाउँदै गएको […]

निर्वाचन अधिकृतको कार्यालय स्थापना

सुदूरपश्चिम, १७ पुस ।  राष्ट्रियसभा सदस्य पदका लागि सुदूरपश्चिम प्रदेशमा हुन लागेको निर्वाचनलाई लक्षित गरी धनगढीमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयको परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कैलाली जिल्ला अदालतका न्यायाधीश एवं निर्वाचन अधिकृत भुवनसिंह थापाले कार्यालयको उद्घाटन गरे । सो अवसरमा प्रदेश निर्वाचन कार्यालयका प्रमुख […]

विद्यार्थीलाई ३० रुपैयाँमा खाना

गण्डकी, १७ पुस ।  सुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना रु ३० मा खुवाउँदै आएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ कक्षा ८, ९ र १० का विद्यार्थीलाई दिवा छात्रावासको अवधारणाअनुसार बिहान ७ः३० बजेबाट कक्षा सञ्चालन गरिरहेको विद्यालयले पूर्वविद्यार्थीहरूको सहयोगमा […]

जुम्लामा ब्राउन सुगरसहित युवक पक्राउ

गाेल्डेन बुढा जुम्ला,१७ पुस। जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेसँगै जिल्लामा लागुऔषध कारोबारको सम्भावित सञ्जालबारे अनुसन्धान तीव्र बनाएको छ। मंगलबार दिउँसो करिब साढे ३ बजे चन्दननाथ नगरपालिका–९ उमगाड गाउँका २२ वर्षीय कविन्द्र रावल पक्राउ परेका हुन्।हाल चन्दननाथ नगरपालिका–६ छिना गाउँमा बस्दै आएका रावलले आफ्नै घरमा लागुऔषध लुकाइछिपाइ राखेको विशेष सूचनाका […]

मुगुमा बन्दै ३०६ मेगावाटको  नयाँ जलविद्युत आयोजना

सुर्खेत, १६ पुस । मुगु जिल्लामा थप एउटा जलविद्युत आयोजना बन्ने भएको छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको वातावणीय मूल्याङ्कन अनुसार मुगुम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिका हुँदै बग्ने मुगु कर्णाली नदीमा तीन सय ६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजना निर्माण हुने भएको छ । यो आयोजनाको एलिभेट […]

सम्पादकीय : खाद्य संकटको जोखिम !

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको २०८१/०८२ को तथ्यांकले प्रष्ट देखाउँछ कि यहाँको भूमि मात्र नभएर किसानको जीवन नै संकटमा परेको छ । कर्णालीको कुल क्षेत्रफल ३० लाख २० हजार नौ सय हेक्टर रहेको छ, तर त्यसमध्ये दुई लाख २८ हजार ७७ हेक्टर मात्र खेतीयोग्य छन् । आश्चर्यजनक कुरा के छ भने, यी […]

गलत समाचारको प्रभावः निर्वाचन खर्च विवरण प्रश्नचिन्हमा

काली बहादुर परियार जुम्ला ,१६ पुस। २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि जुम्लाका उम्मेदवारहरूले निर्वाचन खर्चको विवरण नबुझाएको भन्ने समाचार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलाईएको छ । ती समाचारले उम्मेदवारहरूलाई मात्र होइन, समग्र निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठाएको छ । तर यथार्थ भने फरक रहेको सार्वजनिक भएको छ । नेकपा एमालेबाट प्रतिनिधिसभा […]

कर्णालीमा जडिबुटी पकेट क्षेत्र विकासमा सम्भावना: मन्त्री चौलागाईँ

सुर्खेत,१६ पुस। वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईँले कर्णाली प्रदेशमा जडिबुटी सम्बन्धी क्षेत्रमा काम गर्न ठूलो सम्भावना रहेको बताएका छन्। बुधवार कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जडिबुटी पकेट क्षेत्रको विकासमा विशेष चासो रहने बताएका हुन्। “प्रदेशले जडिबुटीको क्षेत्रमा प्रभावकारी काम गर्न सके संघीय […]