२०८३ आश्विन १८ गते
×

Now Playing

पातारासी–२ मा बाैलाह कुकुरको टोकाइबाट दुई जना गम्भीर घाइते

काली बहादुर परियार
जुम्ला ,१७ पुस।

पातारासी गाउँपालिका–२ मा रेबिजको आशंका गरिएको बाैलाह कुकुरको टोकाइ बाट दुई जना गम्भीर घाइते भएका छन् । गाउँपालिका–२ अन्तर्गत पर्ने पेरे गाउँमा भएको यस घटनाले स्थानीय बासीमा त्रास फैलिएको छ भने बालबालिका, ज्येष्ठ नागरिक र अभिभावकहरू थप सतर्क बन्नुपर्ने अवस्था आएको छ ।

स्थानीयका अनुसार अचानक आक्रमणकारी बनेको बाैलाह कुकुरले एक पछि अर्को गरी मानिसलाई टोक्न थालेपछि गाउँमा त्रास मच्चिएको छ । कुकुरको टोकाइबाट पातारासी गाउँपालिका–२ का ५२ वर्षीय बिर सार्की र २२ वर्षीय काले बुढा गम्भीर घाइते भएका हुन् ।

दुवै जनालाई शरीरका विभिन्न भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) रबिन बाबू रेग्मीले जानकारी दिए ।

घटनापछि घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको छ । स्वास्थ्यकर्मीका अनुसार रेबिज एक प्राणघातक रोग भएकाले कुकुरको टोकाइलाई सामान्य रूपमा लिन नहुने र समयमै एन्टी–रेबिज खोप लगाउनु अत्यन्त आवश्यक बताएका छन् ।

ढिलाइ भए ज्यान समेत जान सक्ने जोखिम रहने स्वास्थ्यकर्मीको चेतावनी रहेकाे छ । घटना सँगै पातारासी गाउँपालिका र स्वास्थ्य निकायले स्थानीयहरू लाई विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

विशेष गरी बालबालिकालाई एक्लै बाहिर नछोड्न, शंकास्पद कुकुर देखिएमा नजिक नजान र तुरुन्तै स्थानीय जनप्रतिनिधि वा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ ।

स्थानीयबासीले भने गाउँमा छाडा कुकुरको संख्या बढ्दै गएको र समयमै नियन्त्रण नगर्दा यस्ता घटना दोहोरिने जोखिम रहेको गुनासो गरेका छन् । उनीहरूले पालिकाले छाडा तथा रेबिज संक्रमित कुकुर नियन्त्रण, खोप अभियान र जनचेतनामूलक कार्यक्रम तत्काल सञ्चालन गर्न माग गरेका छन् ।

पातारासी–२ मा बाैलाह कुकुरको टोकाइबाट दुई जना गम्भीर घाइते

शीतलहरको कहरमा गुन्यालफाँटाका वादी समुदाय

पातारासी–२ मा बाैलाह कुकुरको टोकाइबाट दुई जना गम्भीर घाइते

आगामी जेठमा एभरेष्ट टुरिजम अवार्ड र विश्व

Leave a comment

Your email address will not be published. Required fields are marked *