बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

बङ्गलादेश,१५ पुस।

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की प्रमुख खालिदा जियाको ८० वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

खालिदाको परिवार र पार्टीका नेताहरूले उनको निधन भएको पुष्टि गरेका छन् ।

खालिदा नोभेम्बर २३ मा अस्पतालमा भर्ना भएकी थिइन् र डिसेम्बर ११ देखि भेन्टिलेटरमा थिइन् । खालिदा कलेजो सिरोसिस, मिर्गौला, फोक्सो र मुटुको रोगबाट पीडित थिइन् ।

उनका छोरा तारिक रहमान १७ वर्षको निर्वासनपछि हालै बंगलादेश फर्किए र आफ्नी आमाको पार्टीको बागडोर सम्हालेका थिए ।

खालिदा भ्रष्टाचार मुद्दामा दोषी ठहरिएकी थिइन् र जेलमा थिइन् । तर शेख हसिनाको सरकारको पतनपछि उनी अगस्ट २०२४ मा जेलबाट रिहा भएकी थिइन् ।

खालिदा जनवरी २०२५ मा उपचारको लागि लन्डन गएकी थिइन् । स्वास्थ्यमा सुधार आएपछि उनी मे २०२५ मा लन्डनबाट फर्किइन्, तर नोभेम्बर २०२५ मा उनको स्वास्थ्य बिग्रियो र उनलाई अस्पताल भर्ना गरिएको थियो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र

Leave a comment

Your email address will not be published. Required fields are marked *