जुम्ला क्याम्पसमा तीन संकाय विस्तार निर्णय

गाेल्डेन बुढा जुम्ला ,१४ पुस। साविक कर्णाली क्षेत्रमा उच्च शिक्षाको मेरुदण्डका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एकमात्र आङ्गिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पसले शैक्षिक रूपान्तरणको नयाँ चरणमा प्रवेश गर्ने तयारी गरेको छ। दशकौँदेखि सीमित संकायमै शिक्षण गर्दै आएको क्याम्पसमा स्नातक तहका तीन नयाँ संकाय र बहुप्रतीक्षित विषयहरू थपिने निर्णय भएको छ।जुम्ला बहुमुखी क्याम्पसको आयोजना तथा जिल्ला […]

प्रतिनिधिसभा निर्वाचन  कर्णालीमा थपिए ३० हजार नयाँ मतदाता  माघ पहिलो साताबाट चुनावी आचारसंहिता लाग्ने

ओम शाही सुर्खेत, १४ पुस । आगामी २१ फागुनमा हुने प्रनिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगले आइतबार मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । २०७९ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार पाँच […]

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके, १४ पुस ।  चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट  जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसान्तसम्म नेपालगञ्जबाट रु २५ करोडभन्दा बढीको जडीबुटी निर्यात भएको छ । सूचना अधिकारी खड्काका अनुसार उक्त अवधिमा रु २५ करोड २६ हजार बराबरको विभिन्न प्रकारका आठ लाख ४१ हजार ३३८ केजी जडीबुटी […]

नयाँ शैलीमा  मानव बेचबिखन : सीमानाका उच्च जोखिममा

कञ्चनपुर, १४ पुस ।  भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ । मुख्य नाका गड्डाचौकीमात्र नभई वैकल्पिक तथा अवैध मार्गको प्रयोग बढ्दै जाँदा बेचबिखन नियन्त्रणमा चुनौती थपिएको छ । मानव बेचबिखनको स्वरूप समयक्रमसँगै बदलिँदै गएको र पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, नक्कली […]

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके, १४ पुस ।  रामपति थारु बिहान ४ः०० बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारूको हिजोआज दैनिकी राप्ती नदीको बगरमाथिको चिसो बालुवामा फलाइएको सखरखण्ड खन्नमै बित्ने गरेको छ । पुसको चिसो बिहान, कुहिरो र सिरेटोबीच रामपति दैनिक जीवनको जिम्मेवारी बोकेर बगरमा आइपुग्छन । छोराछोरीलाई खाना […]

निर्वाचन ६७ दिन बाँकी :  एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य 

काठमाडौँ, १४ पुस ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ […]

कृषि क्षेत्रको विकासका लागि नयाँ कार्यविधि 

काठमाडौँ, १४ पुस ।  सरकारले कृषि क्षेत्रको विकास र विस्तार गरी व्यावसायिक बनाउने उद्देश्यका साथ ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पश्‌ुपन्छी विकास मन्त्रालयका अनुसार कृषक, व्यवसायी तथा उद्यमीलाई आफूले उत्पादन गरेको मह, मौरीजन्य उत्पादन, च्याउ र च्याउबाट उत्पादित परिकारको स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सहयोग गर्नेछ । मह, मौरीजन्य […]

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमवासी उत्साहित 

म्याग्दी, १४ पुस ।  पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुन : अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी […]

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु 

बाँके ,१४ पुस। बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरुको विवरण माग गरिएको जानकारी दिनुभयो । जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ । एक साताअघिबाट अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले […]

सम्पादकीय : औद्योगिक ग्रामको योजना असफल बन्न नदेऊ !

आर्थिक वर्ष २०७५/०७६ मा केन्द्र सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने योजनासहित कर्णालीका १० जिल्लामा औद्योगिक ग्राम बनाउने घोषणा गर्‍यो । यसका लागि सरकारले प्रत्येक स्थानीय तहलाई ९२ लाख रूपैयाँसम्मको बजेट व्यवस्थापन गर्ने जनाएको थियो । स्थानीय तहले औद्योगिक ग्रामको डीपीआर बनाएपछि भौतिक संरचना निर्माण गर्नेगरी रकम व्यवस्थापन गर्ने जनाइएको […]

हिमाकाे कस्तुरी भिडमा फाेरजी सहित नेपाल टेलिकमकाे टावर सञ्चालनमा

काली बहादुर परियार जुम्ला,१४ पुस। जुम्ला जिल्लाको हिमा गाउँपालिका वडा नं. ५ स्थित कस्तुरी भिडमा नेपाल टेलिकमको फाेरजी सेवा सहितको टावर आज देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समय देखि सञ्चार र इन्टरनेट सेवाको अभाव झेल्दै आएका हिमा गाउँपालिका वासीका लागि यो टावर सञ्चालन एक ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ। नयाँ टावर सञ्चालनमा आएसँगै […]

जुम्लाका स्याउ बिमित किसान आन्दोलित

गाेल्डेन बुढा जुम्ला,१३ पुस। आकाशले पानी थाम्यो,स्याउका रुखमा फूल फक्रिए, तर फल बन्न नपाउँदै झरे।खडेरीले बगैँचा सुकायो, किसानकाे आशा मर्‍यो।जुम्लाका किसानका लागि अन्तिम सहारा थियो, स्याउ बिमा। तर त्यही बिमा आज उनीहरूकै लागि अर्को विपद् बनेर उभिएको छ।प्राकृतिक खडेरीपछि गरिएको विवादास्पद क्षति मूल्यांकनले किसानको भरोसा मात्र होइन, जीवनधार नै हल्लाइदिएको छ। यही आक्रोशकाे विस्फोटस्वरूप आइतबार […]

सङ्कटमा पुर्ख्यौली पहिचान र लोक-संस्कृति

लुम्बिनी (मर्चवार),१३ पुस। कुनै समय मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो । शुभकार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक बाजाको अस्तित्व अहिले सङ्कटमा छ । “समयको परिवर्तनसँगै भित्रिएको डिजे र आधुनिक ब्यान्ड बाजाको चर्को स्वरले डफलाको मौलिक धुनलाई बिस्तारै […]