सम्पादकीय : मध्यपहाडीलाई पूर्णता देऊ !

संघीय सरकारले आर्थिक वर्ष २०६४/०६५ मा आन्तरिक स्रोतबाटै खर्च व्यहोर्ने गरी मध्यपहाडी राजमार्गको अवधारणा कार्यान्वयनमा ल्यायो । तत्कालिन समयमा मध्यपहाडबाट भइरहेको तीव्र बसाइँसराइ सडक अभावकै कारणले रहेको निष्कर्षसहित मध्यपहाडी राजमार्गको परिकल्पना सरकारले गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको मध्यपहाडी सडक आयोजनाको वेबसाइटमा उल्लेख भए अनुसार यो सडक बनाउनुको पहिलो उद्देश्य यहाँबाट भइरहेको […]

सेनाको हवाई उद्धारले गर्भवतीको ज्यान जोगायो

हुम्ला ,१३ पुस। हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटकी २१ वर्षीया मनिषा छतयाललाई सुत्केरी बेथा लागेपछि करिब २४ घण्टापछि नेपाली सेनाको स्काइट्रकमार्फत उद्धार गरी सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्याइएको छ । सुत्केरी बेथा लागेपछि उनलाई सर्केगाड स्वास्थ्य चौकीमा ल्याइएको थियो । स्वास्थ्य जाँचका क्रममा बच्चा छड्के रहेको पाइएको र जिल्लामै तत्काल अपरेशन वा विशेष उपचार सम्भव नभएको कारण […]

अनुमतिविना जुम्लामा ट्युसन सेन्टर

गाेल्डेन बुढा जुम्ला ,१२ पुस। जुम्लाको सदरमुकाम खलंगामा दर्जनौँ ट्युसन तथा कोचिङ सेन्टर वर्षौँदेखि स्थानीय सरकारको अनुमतिबिनै खुलेआम सञ्चालन भइरहेका छन्। स्थानीय सरकारको आँखैअगाडि कानुन उल्लङ्घन भइरहँदा समेत अनुगमन, नियमन र कारबाही नहुँदा ट्युसन सेन्टरहरू ‘छाया सरकार’ झैँ चलिरहेका छन्।खलंगाका ट्युसन सेन्टरमा बिहानदेखि रातिसम्म विद्यार्थीको घुइँचो लाग्छ। एसइई परीक्षा नजिकिँदै जाँदा ती सेन्टरहरूमा पढाउन भ्याइनभ्याई […]

रातामाटे गाउँ सडक सञ्जालमा जोडिँदा स्थानीयमा खुशीयाली

सुर्खेत ,१२ पुस। चाैकुने गाउँपालिका वडा नं. ६ स्थित रातामाटे गाउँ चाैकुने गाउँपालिका र स्थानीय बासिन्दाको सहकार्यमा सडक सञ्जालमा जोडिएको छ। करिब १० लाख रुपैयाँको लागतमा करिब २ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि रातामाटे गाउँमा आवतजावत सहज भएको हो। सडक निर्माण भएसँगै निर्माण सामग्री ढुवानी, खाद्यान्न ओसारपसार तथा विद्यालय र स्वास्थ्य सेवासम्म पुग्न स्थानीय बासिन्दालाई […]

घुयँत्राे: “पार्टी पनि एउटै, दुलाहा–दुलही पनि एउटै : नागरिक उन्मुक्तिको ‘राजनीतिक विवाह’, दाइजोमा सत्ता र चुनाव !”

दुबै जनाकाे याैटै नामकाे पाटि ,नागरिक उन्मुक्ति पाटि तथा रंजिता श्रेष्ठ र रेशम चाैधरीले पाटि समेत एक अर्कालाई दाईजाे लिए दिएर विबाह गरेका छन । काठमाडौंमा धुमधामसित सम्पन्न उनिहरुकाे बिवाह फेरि पनि फागुन २१ गते छाेराे पाउने गरि भाकाे हाे । तर छाेरा कति जन्मिन्छन था छैन । कता कता सुन्नमा आए अनुसार रञ्जिता पाेखरा […]

शीतलहरको मारमा बाँके : स्थानीय तहद्वारा दाउरा वितरण सुरु

बाँके ,१२ पुस। शीतलहर चलेर चिसो बढ्दै गएपछि बाँकेका स्थानीय तहले सर्वसाधारणलाई आगो ताप्न सहज होस् भन्ने उद्देश्यका साथ दाउरा वितरण सुरु गरेका छन् । बढ्दो जाडोका कारण दैनिक जीवन प्रभावित हुन थालेपछि स्थानीय सरकार सक्रिय बनेका हुन् । डिभिजन वन कार्यालय बाँकेले हालसम्म १५ हजार क्यूफिट दाउरा विभिन्न स्थानीय तहलाई उपलब्ध गराइसकेको जनाएको छ […]

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिभल’

लुम्बिनी ,१२ पुस। बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिभल’ आयोजना हुँदैछ । न्युज फेस्टिभलमा ‘मोफसल’को पत्रकारिता, सङ्घीयतामा पत्रकारिता क्षेत्रको संरचना, आर्थिक विकास र लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा पत्रकारिताको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाका विषयमा नेपालमा अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गरिने भएको छ । लुम्बिनी प्रेस क्लब […]

गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत ,१२ पुस। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ टेम्पो पार्कको सडकमा उनलाई गाडीले ठक्कर दिएको थियो । प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनको प्रदेश […]

अपाङ्गता भएका विद्यार्थीलाई पठनपाठनमा सहज

सुर्खेत, ११ पुस । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का हेमराज परियार शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँलाई ह्विलचियरमा हिँडडुल गराउनुपर्छ । बाह्र वर्षीय परियार सानैदेखि पढाइमा रुचि राख्नुहुन्थ्यो । हेमराजकी आमाले उहाँलाई विद्यालयसम्म छोड्नुहुन्छ । तर विद्यालयमा विगतमा अपाङ्गतामैत्री शौचालय नहुँदा हेमराजलाई समस्या हुने गरेको थियो । “विद्यालयमा शौचालय धेरै टाढा थियो, ह्विलचियर लिन […]

सुर्खेत विमानस्थल परिसरमा आगलागी  नियन्त्रण गर्न ‘बम्बी बकेट’

सुर्खेत, ११ पुस । सुर्खेत विमानस्थल परिसर भित्र मानविय सहायता तथा विपद उद्वार पोखरी निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा उक्त पोखरी निर्माण गर्न लागेको हो । सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरबेशको हाताभित्र निर्माण हुने उक्त पोखरीबाट आगलागीका घटनामा हेलिकप्टरमार्फत पानी भरेर जंगलको डढेलो वा अन्य आगलागीका घटना […]

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ 

काठमाडौँ, ११ पुस ।  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जनाको भने पेटभित्रबाट लागुऔषध निकालिएको ब्यूरोका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए । हवाईमार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा लागुऔषध कारोबारमा संलग्न अन्तरराष्ट्रिय गिरोहका तीन […]

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता ?

काठमाडौँ, ११ पुस ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ । यद्यपि, नेपालमा यसअघि पटकपटक निर्वाचन भएकाले आचारसंहिता कुनकुन क्षेत्रमा लाग्छ भन्ने सामान्यता थाहा हुन्छ नै । निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन […]

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो 

कञ्चनपुर, ११ पुस ।  सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको छ । धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु […]