गाडीको ठक्करबाट एक जनाको मृत्यु

प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनको प्रदेश अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए ।
ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






