भ्रष्टाचार र कुशासनविरुद्ध जेन–जी आन्दोलन सशक्त बन्दै, कालिकोटमा संगठन विस्तार तीव्र

कालिकोट ,१४ पुस।

देशमा व्याप्त भ्रष्टाचार, कुशासन र मनपरी प्रवृत्तिका विरुद्ध सशक्त आवाज उठाउँदै आएको जेन–जी आन्दोलनले संगठनलाई संस्थागत तथा दीर्घकालीन रूपमा अगाडि बढाउने तयारी तीव्र बनाएको छ। जेन–जी कालिकोटले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आन्दोलनले देशभर सकारात्मक सन्देश प्रवाह गर्दै नागरिक चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको जनाएको छ।
आन्दोलनलाई व्यवस्थित ढंगले विस्तार गर्ने योजनाअन्तर्गत प्रत्येक जिल्ला तथा निर्वाचन क्षेत्रमा जेन–जी टिम गठन गरिने र पालिका तथा वडा तहसम्म समिति विस्तार गरिने लक्ष्य लिइएको छ। यही योजनाअनुसार कालिकोट जिल्लामा पनि सबै पालिकाको प्रतिनिधित्व सुनिश्चित हुने गरी समिति गठन प्रक्रिया अगाडि बढाइएको जेन–जी कालिकोटले जानकारी दिएको छ।
हाल देशमा देखिएको राजनीतिक खिचातानी तथा विभिन्न दलहरूको उम्मेदवारी प्रक्रियासँग सम्बन्धित विषयमा जेन–जी कालिकोटले स्पष्ट धारणा सार्वजनिक गर्दै अहिलेसम्म कुनै पनि राजनीतिक दल वा समूहलाई समर्थन नगरेको स्पष्ट पारेको छ। विभिन्न भ्रम र अड्कलबाजी फैलिन नदिन सम्पूर्ण जेन–जी साथीसहित सरोकारवालालाई सही जानकारी गराउने उद्देश्यले प्रेस विज्ञप्ति जारी गरिएको जनाइएको छ।
जेन–जी आन्दोलन नागरिक सचेतना, सुशासन र निरन्तर खबरदारीसहित जिम्मेवार नेतृत्वको पक्षमा दृढ रूपमा उभिएको उल्लेख गर्दै भ्रष्टाचार, कुशासन र मनपरी प्रवृत्तिविरुद्ध कुनै सम्झौता नगरी आगामी दिनमा संगठन विस्तार र वैचारिक अभियानलाई अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिबद्धता जनाएको छ।

भ्रष्टाचार र कुशासनविरुद्ध जेन–जी आन्दोलन सशक्त बन्दै, कालिकोटमा संगठन विस्तार तीव्र

पृथ्वी जयन्ती दिवसमा नेपाली सेनाद्वारा हाजिरी जवाफ

भ्रष्टाचार र कुशासनविरुद्ध जेन–जी आन्दोलन सशक्त बन्दै, कालिकोटमा संगठन विस्तार तीव्र

मङ्सिरमा ४० करोड राजस्व सङ्कलन

Leave a comment

Your email address will not be published. Required fields are marked *