धम्बोजिमा राजा वीरेन्द्रको शालिक पुनःस्थापनाको तयारी, उपमहानगरलाई औपचारिक हस्तान्तरण

बाँके ,२८ पुस। नेपालगन्जको ऐतिहासिक वीरेन्द्रचोकमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गर्ने प्रक्रिया अघि बढेको छ । एतिहासिक पुरातात्त्विक धरोहर संरक्षण एवं शालिक पुनर्स्थापना समितिले वीरेन्द्रचोकमा राख्नका लागि राजा वीरेन्द्रको अर्धकदको शालिक नेपालगन्ज उपमहानगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो । समितिका संयोजक भीमबहादुर शाहीले राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाको उपस्थितिमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई शालिक […]

आलेखः प्रकृतिबाट समृद्धिको खोजी

इन्द्राकुमारी केसी कैलालीको लम्की बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ लाग्ने हो भने चुरे पहाडको फेदमा एउटा मनमोहक दृश्य देखिन्छ, आमपानी झरना । मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्रको यो झरना, केही वर्षअघि ओझेलमा जस्तै थियो तर कोरोना महामारीको समयमा मानिस एकान्त र प्रकृतिको साथ खोज्न थालेसँगै यो झरना चर्चामा आयो । सुदूरपश्चिम प्रदेश सरकारको […]

सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै

सुदूरपश्चिम, २८ पुस ।  सुदूरपश्चिम प्रदेशमा दूधको उपलब्धता बढेर प्रतिव्यक्ति वार्षिक १२० देखि १३० लिटरसम्म पुगेको छ । दूध उत्पादनमा व्यवसायीकरण भएसँगै यसको उपलब्धता बढेको हो । करिब डेढ दशक अघिसम्म दूधको उपलब्धता योभन्दा कम थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले भने, “पहिले घरायसी प्रयोजनका लागि मात्रै दूध उत्पादन हुँदै […]

थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै 

दाङ, २८ पुस ।  थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत गाउने र नाच्ने चलन थियो । गीत गाउने, नाच्ने र रातभर आगो ताप्ने चलन थियो । “यो हाम्रो संस्कार हो”, थारू अगुवा आशाराम […]

पशुपक्षीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह

नेपालगञ्ज, २८ पुस ।  पशुपक्षीमा जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ । कृषि तथा खाद्य सङ्गठन (एफएओ) काठमाडाँैको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको समन्वयमा आज यहाँ भएको अन्तरक्रियामा सरोकार भएकाले पशुपक्षीमा जथाभावी एन्टिबायोटिकले समस्या बढाउने भएकाले प्रयोग नगर्न आग्रह गरिएको हो । बिरामी पशुपक्षीलाई पशु चिकित्सकको सल्लाहबिना उपचार […]

पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला 

कास्की, २८ पुस ।  गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला आयोजना गर्न लागिएको हो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आगामी माघ […]

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा 

काठमाडौँ, २८ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ ।प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको […]

परेवापालनबाटै आत्मनिर्भर पृथ्वीबहादुर 

बाँके, २८ पुस । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृथ्वीबहादुर चौधरीको । आजभन्दा करिब २५ वर्षअघि घर वरिपरि घुमिरहेका दुईचार परेवा देखेर चौधरीले तिनलाई आफ्नै घरमा बस्ने ठाउँको व्यवस्था गरिदिनुभयो । यसरी सुरु भएको उहाँको यात्रा आज परेवा […]

कर्णालीका १२ निर्वाचन क्षेत्रबाट एमालेका ३१ जना उम्मेदवार सिफारिस

ओम शाही सुर्खेत, २८ पुस। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेकपा एमालेले उम्मेदवार सिफारिस टुङ्गो लगाएको छ । एमाले कर्णाली प्रदेश कमिटीले कर्णाली १० वटै जिल्लाबाट सिफारिस भइ आएका नामहरुलाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ । कर्णाली प्रदेशका १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि ३१ जनाको नाम सिफारिस भएर जिल्लाबाट प्रदेश कमिटीमा […]

सम्पादकीय : गरिबीको चपेटामा कर्णाली

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०२३ ले नेपालको सामाजिक–आर्थिक अवस्थाको गम्भीर चित्र प्रस्तुत गरेको छ । प्रतिवेदनअनुसार कर्णाली प्रदेशमा २६ दशमलव ६९ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन्, जुन राष्ट्रिय औषत २० दशमलव २७ प्रतिशतभन्दा झण्डै ६ प्रतिशतले बढी हो । संघीयता कार्यान्वयनपछि क्षेत्रीय असमानता घट्ने अपेक्षा गरिए पनि कर्णालीजस्ता प्रदेशमा गरिबी अझै उच्च […]

त्रिशूलीमा बसको अवशेष भेटियो, सिमलतालमा हराएको बस भएको आशङ्का 

चितवन,२७ पुस। तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशङ्का गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा […]

जुम्लामा एम्बुलेन्स भाडादर निर्धारण

गाेल्डेन बुढा जुम्ला,२७ पुस। कर्णाली क्षेत्रको दुर्गम जुम्लामा एम्बुलेन्स सेवाको पहुँच विस्तार हुँदै गएको छ। हाल जिल्लाभर १७ वटा एम्बुलेन्स र एक वटा शवबहान सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र जुम्लाका आठवटै स्थानीय तहअन्तर्गत रहेका एम्बुलेन्सको अवस्था, संख्या र सञ्चालन प्रणालीलाई व्यवस्थित गर्न जिल्ला एम्बुलेन्स समितिले भाडादरसमेत निर्धारण गरेको […]

रोल्पामा १ लाख ४९ हजार ५ पाँच ९७  मतदाता सङ्ख्या कायम

रोल्पा ,२७ पुस। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रोल्पा जिल्लामा मतदाता सङ्ख्या वृद्धि भएको छ  निर्वाचन जिल्ला निर्वाचन कार्यालयका अनुसार यसपटक ४,१२६ नयाँ मतदाता थपिएका छन्नयाँ मतदाता समावेश भएसँगै रोल्पामा कुल मतदाता सङ्ख्या १ लाख ४९ हजार ५ पाँच ९७ पुगेको छ जसमध्ये महिला मतदाता ७४ हजार ९ सय […]