सम्पादकीय : महिलालाई प्राथमिकता देऊ !

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेकपा एमालेले उम्मेदवार सिफारिस टुङ्गो लगाएको छ । एमाले कर्णाली प्रदेश कमिटीले कर्णाली १० वटै जिल्लाबाट सिफारिस भइ आएका नामहरुलाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ । कर्णाली प्रदेशका १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि ३१ जनाको नाम सिफारिस भएर जिल्लाबाट प्रदेश कमिटीमा आएको थियो । नेकपा एमाले […]

क्युवासँगको सम्बन्धमा बाह्य हस्तक्षेप अस्वीकार्यः भेनेजुएला

काराकास, २८ पुस (रासस/सिन्ह्वा) । भेनेजुएलाले आइतबार क्युवासँगको आफ्नो ‘ऐतिहासिक धारणा’ पुनः दोहोर्याउँदै भ्रातृत्व, ऐक्यबद्धता, सहकार्य र सिद्धान्तप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको छ । वाशिङ्टनबाट क्युवासँगको सम्बन्ध तोड्न बढ्दो दबाबका बाबजुद भेनेजुएलाले आफ्नो अडान कायम राखेको हो । भेनेजुएला सरकारले जारी गरेको एक विज्ञप्तिमा जनताको आत्मनिर्णयको अधिकार र सार्वभौमिकताको स्वतन्त्र अभ्यासप्रति आफ्नो समर्थन दोहोर्याइएको छ […]

प्राविधिक समस्याले इसरोको अन्तरिक्ष मिसन अवरुद्ध

नयाँ दिल्ली,  २८ पुस (रासस/सिन्ह्वा) । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सोमबार प्रक्षेपण गरेको रकेटमार्फत १६ वटा उपग्रह कक्षमा राख्ने मिसन असफल भएको छ। रकेटको तेस्रो चरणमा प्राविधिक गडबडी देखिएपछि उपग्रहहरू निर्धारित कक्षमा पुग्न नसकेको इसरोले जनाएको छ । इसरोका अनुसार रकेटले तय गरिएको उडान मार्गबाट ठूलो विचलन देखाएको थियो, जसका कारण उपग्रहहरू कक्षामा […]

घुयँत्राे:८४ पूजा सकिएपछि गगनको पालो: कांग्रेस सभापति कुर्सी ‘हस्तान्तरण कि हडप’ ?

शेर बहादुरलेनि गगनकैजत्राे उमेराँ पाटियाँ कब्जा जमाथे र ८४ पूजागर्ने बेलासम्म पाटि अँठ्याएर बसे । ऐले अब गगन थापा पाटि अँठ्ठयाउन कस्सियाछन । उनले निअसिनै बर्षसम्म सभापति कै पदकाे वरिपरि घुमेर खाने हाेलान । आखिर उनी पनि त पैलैदेखि राजकाज चलाउनेहरका अघिपछि र का थापा काजि हुन ।अनि त त्यै दल र त्यै नेताका अनुयायी […]

डल्फिन फिड्समा भेटिएको दुई हजार पाँच सय केजी गुणस्तरहीन मकै नष्ट

बाँके २८, पुस।  बाँकेको डल्फिन फिड्समा भेटिएको दुई हजार पाँच सय केजी गुणस्तरहीन मकै नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको नेपालगन्ज कार्यालयले बाँके जिल्लाको कोहलपुर नगरपालिका–७ स्थित डल्फिन फिड्स प्रालिमा भेटिएको उक्त परिमाणको गुणस्तरहीन मकै नष्ट गरेको हो ।विभागका अनुसार सो कार्यालयले यही पुस १७ गते उद्योगको अनुगमन तथा निरीक्षणका […]

बाँके राष्ट्रिय निकुञ्जमा मानव मृत्यु गराउने बाघको खोजी तीव्र, निकुञ्जद्वारा निगरानी र सतर्कता बढाइयो

बाँके,२८ पुस। बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित सौरी क्षेत्रमा मानिसको ज्यान लिने बाघको खोजी तीव्र पारिएको छ । गत शनिबार गाई चराउन जङ्गल गएका सौरी निवासी ६२ वर्षीय मरीचमान भण्डारीमाथि बाघले आक्रमण गर्दा उहाँको मृत्यु भएपछि स्थानीयवासी त्रसित बनेका छन् । घटनापछि स्थानीयमा भय र असुरक्षाको भावना बढेपछि बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले घटनालाई गम्भीर […]

निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखीकरण सुरु

नेपालगञ्ज,२८ पुस। मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आज यहाँ सुरु गरिएको छ । अभिमुखीकरणको शुभारम्भ गर्दै निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन लोकतन्त्रको मूल आधार भएको बताउनुभयो । उहाँले यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रुपमा सम्पन्न गर्न प्रतिबद्धताका साथ […]

बैतडी जिप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

बैतडी,२८ पुस। बैतडीमा जिप दुर्घटनामा परेको छ ।जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को विजयपुर नजिकै सुर्नया गाउँपालिका वडा न-६ को मोतिनगरबाट डडेल्धुरा तर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको जिप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा […]

बैतडीमा जीप दुर्घटना: ३ जनाको मृत्यु

बैतडी,२८ पुस। बैतडीमा जिप दुर्घटना भएको छ।जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को विजयपुर नजिकै सुर्नया गाउँपालिका वडा नं ६ को मोतिनगरबाट डडेल्धुरा तर्फ जादै गरेको म १ ज २२४ नम्बरको जिप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी ३ जनाको घटनास्थलमैमृत्यु भएको छ भने ६ जना घाइते […]

ढिक्री बनाउन व्यस्त थारू समुदाय

तुलसीपुर ,२८ पुस।  दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उहाँ अहिले ढिक्री बनाउनमा नै व्यस्त हुनुहुन्छ । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ । उहाँहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ । थारू समुदायले हरेक चाडपर्वमा […]

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

बेलायत, २८ पुस। “शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो, “म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु । मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण म […]

ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा बानियाँ निर्वाचित

काठमाडौं ,२८ पुस। नेपाल ट्रक यातायात व्यवसायी महासंघको सत्रौं वार्षिक साधारणसभा तथा आठौं महाधिवेशनबाट राजेन्द्रविक्रम बानियाँ महासंघको अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न महाधिवेशनमा बानियाँले ओमकृष्ण कार्कीलाई पराजित गर्दै आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा जित हासिल गरेका हुन्। निर्वाचन परिणामअनुसार बानियाँले १ सय १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कार्कीले ७७ मतमा […]

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी आज अपराह्नसम्ममा फिर्ता लिन सकिने

काठमाडौं ,२८ पुस। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता […]