बैतडी जिप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

बैतडी,२८ पुस।
बैतडीमा जिप दुर्घटनामा परेको छ ।जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को विजयपुर नजिकै सुर्नया गाउँपालिका वडा न-६ को मोतिनगरबाट डडेल्धुरा तर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको जिप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका-१ का २४ वर्षका निसान्त बोहरा, सोही ठाउँका २९ वर्षका भानदेव भट्ट, डडेल्धुरा आलिताल गाउँपालिका-३ का ३ वर्षीय राकेश रावल रहेका छन् ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरूको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाइएको घटनास्थलमा रहनुभएका खोड्पे प्रहरी चौकीका इन्चार्ज उदयसिंह कठायतले जानकारी दिनुभयो ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेकाले ठुलै हाताहाती भएको बताइएको छ ।

बैतडी जिप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

बैतडीमा जीप दुर्घटना: ३ जनाको मृत्यु

बैतडी जिप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखीकरण सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *