बैतडीमा जीप दुर्घटना: ३ जनाको मृत्यु

बैतडी,२८ पुस।

बैतडीमा जिप दुर्घटना भएको छ।जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को विजयपुर नजिकै सुर्नया गाउँपालिका वडा नं ६ को मोतिनगरबाट डडेल्धुरा तर्फ जादै गरेको म १ ज २२४ नम्बरको जिप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ३ जनाको घटनास्थलमैमृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन भने घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाइएको घटनास्थल रहनुभएका खोडपे प्रहरी चौकीका इन्चार्ज उदयसिह कठायतले जानकारी दिनुभयो ।

जिपमा करिब १० जनासम्म सवार रहेको बुझिएको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेकाे बताइएको छ ।

बैतडीमा जीप दुर्घटना: ३ जनाको मृत्यु

ढिक्री बनाउन व्यस्त थारू समुदाय

बैतडीमा जीप दुर्घटना: ३ जनाको मृत्यु

बैतडी जिप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *