डल्फिन फिड्समा भेटिएको दुई हजार पाँच सय केजी गुणस्तरहीन मकै नष्ट

बाँके २८, पुस। 
बाँकेको डल्फिन फिड्समा भेटिएको दुई हजार पाँच सय केजी गुणस्तरहीन मकै नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको नेपालगन्ज कार्यालयले बाँके जिल्लाको कोहलपुर नगरपालिका–७ स्थित डल्फिन फिड्स प्रालिमा भेटिएको उक्त परिमाणको गुणस्तरहीन मकै नष्ट गरेको हो ।विभागका अनुसार सो कार्यालयले यही पुस १७ गते उद्योगको अनुगमन तथा निरीक्षणका क्रममा उद्योग परिसरमा ९३ बोरा मकै कैफियतयुक्त ट्याग लगाएर राखिएको पाइएको थियो । उक्त मकैको प्रयोगशाला परीक्षण गर्दा ५० बोरा मकैमा कैफियत देखिएको र बाँकी ४३ बोरा मकै प्रयोगका लागि उपयुक्त रहेको पुष्टि भएको थियो ।
विभागका परीक्षण प्रतिवेदनका आधारमा विभागको कार्यालयले कोहलपुर नगरपालिका–७ का वडाध्यक्ष तथा डल्फिन फिड्स प्रालिका सञ्चालकको रोहबरमा गुास्तरहीन मकै नष्ट गरेको जनाएको छ । नष्ट गरिएको मकैको परिमाण ५० बोरा (प्रतिबोरा ५० केजी) गरी जम्मा दुई हजार पाँच सय केजी रहेको छ । यसको अनुमानित मूल्य ८२ हजार पाँच सय रुपियाँ बराबर रहेको कार्यालयले जनाएको छ ।

खाद्य सुरक्षाको मापदण्ड कायम राख्ने उद्देश्यले यस्तो कदम चालिएको जनाउँदै कार्यालयले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि नियमित अनुगमन तथा गुण नियन्त्रण कार्यलाई निरन्तरता दिइने जनाएको छ । व्यापारिक प्रयोजनका गुणस्तरहीन मैक फिर्ता गरेको छ ।

डल्फिन फिड्समा भेटिएको दुई हजार पाँच सय केजी गुणस्तरहीन मकै नष्ट

बाँके राष्ट्रिय निकुञ्जमा मानव मृत्यु गराउने बाघको

डल्फिन फिड्समा भेटिएको दुई हजार पाँच सय केजी गुणस्तरहीन मकै नष्ट

घुयँत्राे:८४ पूजा सकिएपछि गगनको पालो: कांग्रेस सभापति

Leave a comment

Your email address will not be published. Required fields are marked *