घुयँत्राे:८४ पूजा सकिएपछि गगनको पालो: कांग्रेस सभापति कुर्सी ‘हस्तान्तरण कि हडप’ ?

शेर बहादुरलेनि गगनकैजत्राे उमेराँ पाटियाँ कब्जा जमाथे र ८४ पूजागर्ने बेलासम्म पाटि अँठ्याएर बसे । ऐले अब गगन थापा पाटि अँठ्ठयाउन कस्सियाछन । उनले निअसिनै बर्षसम्म सभापति कै पदकाे वरिपरि घुमेर खाने हाेलान । आखिर उनी पनि त पैलैदेखि राजकाज चलाउनेहरका अघिपछि र का थापा काजि हुन ।अनि त त्यै दल र त्यै नेताका अनुयायी परेछि उनिनि किन कम्ता हुन्थे र ! गिर्जा जिउँदाे हुँदासम्नि गिर्जाले अरुलाई गरि खान देनन् बरु प्रचण्डलाई नै नेता मानेर गुह्यकुराजति प्रचण्डलाई भनेर गए ।

उनकाे शेषपछि आका सुशिलकाेईरालाकाे प्रधानमन्त्रीकाे जागिर अघाउन्जेल खान नपाउँदै गयाे । आफू र आफ्ना कार्यकर्ता भष्टाचारकाे दलदलमा फसेछि तिनलाई उकास्न लाग्दा प्रचण्डलाई नेता मान्नु पर्ने भएदेखिनै मास्सिँदै गकाे काँग्रेस ,कमिनिष्टका नाममा कैले ओलि र कैले प्रचण्डले भकुण्डो बनाउनसम्म बनाएछि बदनाम भाकाे पाटिलाई झन देउबा परिवार ( खाण,मन्जु, आर्जु, प्रकाशजस्ता) ले घेरा हालेर काेहि पैशा कमाउने त काेहि अपराध लुकाउने खेलमा लागेछि कार्यकर्तालेनि कति सहून ! यै हाे माैका भनेर तात्या कार्यकर्ता देउबा ग्रुपकैअत्याचारकाे बहानाँ गगन र शर्मालाई उचालेर विशेष अधिवेशनाँ गएछि विचरा देउवा गरिखामकि मरिजामकाे स्थितियाँ पुगेर दाैडा दाैड गर्दा गर्दै सभापति पद महामन्त्रीहरले खाईद्या थाहै नपाउने भए । त्याे असिअसि बर्षसम्म र जेनजीहरकाे पिटाई खाएर र साराधनसम्पतियाँ आगाे लाएर खरानी बनाईसक्दानि अँझै कैले ओलि त कैलेप्रचण्डकाे आशमा छैटौं पटक प्रधानमन्त्री भएरै छाडने आश लगाएर बसेका देउबा याे चाेटि आफ्नो हाताट अब युवाहरुले गरि खाउ भनेर छाेडनु पर्ने ठाँ आफ्नै जिद्दिले हाेकि आफ्नाे किचेन क्याविनेटलेनै छाेडनि हैन भनेर हठ गर्दा यस्तो भा हाेकुन्नि बिचरा देउबानै अन्याेलाँ छन ।

ऐले देउबालाई युवाहरले भागाभागकाे स्थितियाँ पुर्याईएकाे हाे भन्नेकाे संख्यानि कम्ता छैन । त्यसैले मान्छे राजनितीयाँ विग्रिन र सिध्दिने मेसाेलायाे भने दाेष जति किचेन क्याबिनेटकै थाप्लाँ जाँदाे रैछ त्यै भएर अबका नेताहरु किचेन क्याविनेटाट टाढा रअने काम नगर्ने हाे भने ऐलेका युवा भनाउँदाहरुकाे हालतनि त्यस्तै हुन्छ त्यसैले अब त हाेस गरेर काम गरे हुने हाे क्यारे । के गर्नु त्याे पद भन्ने चिजै गजबछ । बचुन्जेल मस्ति गर्याे गर्याे ! कुराे खुस्क्या भाेलिपल्ट धाेति न टाेपि हुन कत्तिबेर लाग्दाे रैन्छ । काँग्रेसकाे याे विशेष महाधिवेशन न सक्कियाेस कति कति धाेति न टाेपि हुने वाला छन । त्यसमध्येमा शेखर काेईराला त एक नम्बरमा पर्ने भए ।

हिजाेसम्म त्यै गगनले सभापति बनाई दिन्छ भनेर मख्ख पर्या नेताजी विशेष अधिवेशन बाेलाएर गगन आँफैले सभापति पद पडकाउने भएछि बिचरा काेईरालानि ताेरिफुला देख्दै छन । काँग्रेसाँ कसैकाे कसैप्रति भर विश्वास रहेन जल्ले पायाे त्यल्ले त्यैँ टिपेर हिँडने भएछि काे आँफ्नाे काे पराई । ८० सम्म धकिधकि पदाँ बसेका नेताहरु जेनजी आएछि गगनका १७ दाउ पार्याछन हेरम् गगनले नि गरिखान पाउने हुनकि हैनन । चारैतिरकाे राजनीतिक माहाेल हेर्दा पुराना दलवालाहरले गरि खान पाउलान जस्ताे छैन । हेरम् चुनाबाँ जनता के भन्ने हुन ।

घुयँत्राे:८४ पूजा सकिएपछि गगनको पालो: कांग्रेस सभापति कुर्सी ‘हस्तान्तरण कि हडप’ ?

डल्फिन फिड्समा भेटिएको दुई हजार पाँच सय

घुयँत्राे:८४ पूजा सकिएपछि गगनको पालो: कांग्रेस सभापति कुर्सी ‘हस्तान्तरण कि हडप’ ?

प्राविधिक समस्याले इसरोको अन्तरिक्ष मिसन अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *