एकै गाउँका ९ जनाको मृत्यु भएपछि शोकमा गाउँ

सल्यान ,२९ पुस। भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने सबै सल्यान सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको वडा कार्यालयले जनाएको छ । सोमबार बिहान करिब २ बजेको समयमा उनीहरू सुतिरहेको कोठामा  ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा घटना भएको हो । सिद्धकुमाख गाउँपालिका–२ […]

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नवीनतम प्रविधि र तयारी अनिवार्यः मुख्यमन्त्री आचार्य

बुटवल ,२९ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न नवीनतम प्रविधि र सीप सिकाईलाई अवलम्बन गर्न आवश्यक भएको बताउनुभएको छ । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू होराइजन स्कुल बुटवलको सहकार्यमा आयोजित भूकम्प विज्ञान तथा भूकम्प सुरक्षा सम्बन्धी प्रदर्शनात्मक कार्यक्रमको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विपद् पूर्व सूचना […]

संस्कृति संरक्षणमा थारु समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले

दाङ,२९ पुस। यहाँ पछिल्लो समय थारु जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूसँगै मेला, महोत्सवहरूमा थारु जातिको मौलिक संस्कृतिका रूपमा रहेका नृत्यहरूमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ का जानकी चौधरी संस्कृति संरक्षणमा जुट्नुभएको छ । माघ सांस्कृतिक कार्यक्रममा उहाँ आफ्नै मौलिक पोसाकमा […]

कर्णालीमा उत्पादन हुने रैथाने अन्नवालीको निर्यात बढ्यो

मुगु ,२९ पुस। देशका ठूला शहरहरुमा रैथाने अन्नबालीको माग बढेपछि ग्रामीण क्षेत्रमा यसको खरिदविक्री पनि बढेको छ । कर्णालीलगायत हिमाली जिल्लामा पाइने रैथाने खानाहरू खोजी खोजी प्रयोग हुन थालेपछि परम्परागत र रैथाने खाद्य सामग्रीहरुको माग बढेको हो । सरकारी निकायबाट ब्यापारीहरुले ढुवानीमा अनुदान पाएपछि कृषकहरुले पनि राम्रो मुल्य पाइरहेका छन् । जसका कारण मुगुका कृषकहरुले […]

जुम्लामा चुनावी चासो बढ्दै

गाेल्डेन बुढा जुम्ला,२९ पुस। फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा हिमाली जिल्ला जुम्लामा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय भएको छ। मतदानस्थलको सुरक्षा, भौगोलिक पहुँच र सम्भावित जोखिमको गहिरो अध्ययन गर्न जिल्ला सुरक्षा समिति फिल्डमै उत्रिएको छ। यो अनुगमन केवल औपचारिक प्रक्रिया होइन, जुम्लाको जटिल भूगोल र विगतका निर्वाचन अनुभवबाट पाठ सिक्दै […]

डोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालक घाइते

सरोज थापा  डोल्पा ,२९ पुस। डोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।मंगलबार दिउँसो ठुलीभेरीको माझफलदेखि जुफालतर्फ आउँदै गरेको रा २ त ३६५९ नम्बरको खाली ट्र्याक्टर ठुलिभेरि नगरपालिका–८ घट्टेखाेला नजिक चिप्लिएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । बाटोमा बरफ जमेको कारण ट्र्याक्टर चिप्लिएर दुर्घटना भएको […]

विचारः स्थानीय विकास र वर्तमान समाज

महेशदत्त भट्ट पछिल्लो समय हाम्रो सार्वजनिक बहसमा सबैभन्दा धेरै सुनिने बाक्य हो–“देशमा विकास भएन, केही भएन।” चिया पसलदेखि संसद्सम्म, सामाजिक सञ्जालदेखि गाउँका चौतारासम्म यही टिप्पणीहरु सुन्न पाइन्छ । यो बाक्य आज व्यक्तिगत असन्तुष्टिभन्दा बढी समाजको सामूहिक मानसिकताको प्रतिनिधि बनेको छ । विकासलाई हामीले लामो समयदेखि सडक, भवनजस्ता भौतिक संरचरना र बजेटको आकारमा मात्र मापन गर्दै […]

महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल  बनाऔँ’

काठमाडौँ, २९ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल परिमार्जन गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको अगुवाइमा भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आजको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै शर्माले सङ्गठनलाई समावेशी, युवा–मैत्री र प्रभावकारी बनाउने गरी विधान संशोधन गर्न आवश्यक रहेको […]

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर, २९ पुस । पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि चार हजार ५०० जनाले आवेदन दिएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा निर्वाचन प्रहरीका लागि आवेदन परेका जानकारी दिए । प्रदेश प्रहरीका अनुसार कैलालीमा दुई हजार ९४ जना, कञ्चनपुरमा ८३४ तथा सबैसभन्दा कम […]

प्रतिनिधि सभा निर्वाचन ५१ दिन बाँकी  समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ, २९ पुस ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले सोमबार अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्‌नो उम्मेदवारी […]

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौँ, २९ पुस ।  बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र संस्कृतिबाट अनुशासित, कर्मठ र देशभक्त युवा जनशक्ति उत्पादनमा सेनाको व्यवस्थापनामा भइरहेको राष्ट्रिय सेवा दल (एनसिसी)बाट दिइने तालिम बढाउन र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । देश निर्माणमा जुट्नुपर्ने होनहार युवाशक्ति आन्दोलन र सङ्घर्षका नाममा राष्ट्रका महत्त्वपूर्ण सम्पदा र धरोहर तोडफोड र जलाउने  […]

शुक्लाफाँटा नगरपालिकाद्वारा छ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर, २९ पुस ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा रु ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व सङ्कलन गरेको छ । नगरपालिकाको मुख्य कार्यालय र मातहतका १२ वटै वडा कार्यालयमार्फत उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुख्य कार्यालयबाट रु २७ लाख ७६ […]

प्रतिनिधिसभा निर्वाचन आउन ५१ दिन बाँकी कर्णालीमा यस्तो छ निर्वाचनको तयारी

ओम शाही सुर्खेत, २९ पुस । आगामी २१ फागुनमा तय भएको प्रतिनिसभा सदस्यको निर्वाचन आउन अब ५१ दिन बाँकी छ । २३–२४ भदौको जेन–जी आन्दोलन पछि बनेको पूर्वप्रधानन्यायधिस सुशीला कार्की नेतृत्वको सरकारले फागुन तेस्रो साता निर्वाचनको मिति तय गरेको थियो । निर्वाचनको मिति तोकेयता सरकारले मतदानका लागि आवश्यक तयारी तीव्र बनाइरहेको छ । सरकारले आफ्‌नो […]