दार्चुलाका आठ स्थानीय तहका आफ्नै प्रशासकीय भवन

दार्चुला, २६ पुस । जिल्लाका आठ स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका छन् । सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका हुन् । आफ्नै प्रशासकीय भवन निर्माण गर्ने स्थानीय तहमा अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिका रहेका छन् […]

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

बाँके, २६ पुस । बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ । नयाँ वर्षको रूपमा लिइने माघीले थारू बस्तीमा रौनक बढाएको छ । थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका–३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले बताए । “माघीका अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच थारू गाउँमा सुरु […]

अति विपन्न तीन सय बालबालिकालाई न्यानो लुगा 

कञ्चनपुर, २६ पुस ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अति विपन्न ३०६ बालबालिकालाई जाडोबाट बच्न न्यानो लुगालगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यालयको सिफारिसमा ‘सेभ द् चिल्ड्रेन’ सुर्खेतले नगरपालिकाका विभिन्न वडाका बालबालिकालाई सामग्री उपलब्ध गराएको हो । नगरपालिकाका १२ वडामध्ये आठ वडाका अति विपन्न परिवारका बालबालिकालाई छनोट गरी उनीहरू अध्ययनरत विद्यालयमै पुगेर […]

विकास नायक अवार्डबाट १० जना सम्मानित

काठमाडौँ, २६ पुस । विभिन्न १० क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने १० जना विकास नायक सम्मानित हुनुभएको छ । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड समारोहमा उहाँहरू सम्मानित हुनुभएको हो । विकास नायकहरूलाई अर्थमन्त्री रामेश्वर खनालले अवार्ड तथा सम्मानपत्र प्रदान गरे । राजनीतिक संस्कार, सुशासन र विकास क्षेत्रबाट ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु […]

महाधिवेशनको कलह र नेतृत्व रस्साकस्सीले कांग्रेस फुटको संघारमा, कर्णालीको बहुमत खड्काकै लाइनमा

ओम शाही सुर्खेत, २६ पुस । यति बेला नेपाली कांग्रेस आन्तरिक कलहमा छ । विशेष गरी जेन–जी आन्दोलनपछि नेतृत्व हस्तान्तरणको विषय कांग्रेसमा पेचिलो बनिरहेको छ । नियमित महाधिवेशनको चरणबाट बाहिरिएको कांग्रेसमा आगामी २१ फागुनको निर्वाचन अगावै नियमति वा विशेष महाधिवेशन गर्नुपर्ने आवाज अन्ततः टुटफुटको जोखिम नजिक पुगेको छ । निकै रस्साकस्सीपछि कांग्रेस महामन्त्रिद्वय गगन थापा […]

दैलेखमा एक हजार पाँच सय बढी म्यादी प्रहरी भर्ना गरिँदै

दैलेख,२६ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय दैलेखले एक हजार पाँच सय ५७ जना म्यादी प्रहरीको भर्ना खुलाएको छ । आगामी माघ १ गतेसम्म दरखास्त दिन सकिने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, सेना, प्रहरीका सेवा निवृत्त, यस अघिका निर्वाचनमा म्यादी प्रहरीमा इमान्दारितासंग […]

निर्वाचन ५४ दिन बाँकीः माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

काठमाडौँ २६ पुस। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ ।आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ […]

सहकार्य र नवीन मोडलको परिणाम : धनगढी बन्दैछ देशकै नमुना उपमहानगर

धनगढी ,२६ पुस। दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधि निर्वाचित भएसँगै धनगढी उपमहानगरपालिकाको विकासले तीव्र गति लिएको छ । स्वतन्त्र उम्मेदवारका रूपमा नगरप्रमुखमा निर्वाचित गोपाल हमालले अघि सारेको ‘धनगढी विकास मोडल’ र उपप्रमुख कन्दकला रानासँगको बलियो सहकार्यले नगरलाई देशकै नमुना सहरतर्फ उन्मुख गराएको स्थानीयको भनाइ छ । निर्वाचनपश्चात् सुरुवाती चरणमा राजनीतिक दलका प्रतिनिधिबाट अपेक्षित सहयोग नपाए […]

घुयँत्राे:प्रचण्ड देख्नासाथ काँग्रेसलाई बाघछाया: चुनाव आयो कि गठबन्धनको छाता खोज्ने पुरानो रोग

माओवादिसितकाे शान्ति सम्झाैताँ जब गिरिजाले प्रचण्डलाई ८४ सिट दिएर सदनमा भित्र्याए त्यैवेला देखिनै गकाे काँग्रेसकाे साताे अँझै आछैन । नेपालकाे सबभन्दा ठूलाे र पुरानाे भन्ने दल प्रचण्डलाई देख्याे कि बाघ छाँयाँ पर्छ । चुनाब आयाेकि एक्लै चुनाब लडन सकिन्न भन्र थरथरि खुट्टा कमाउने काँग्रेसका नृताहरका कारणले नै काँग्रेस भित्रकाे युवा समूह बिद्रोहि भएर निस्किएकाे छ […]

विप्लव माओवादी पहिलोपटक चुनावमा, जुम्लाबाट शाही सिफारिस

गाेल्डेन बुढा जुम्ला,२५ पुस। नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जुम्लाले पहिलो पटक संसदीय निर्वाचनमा सहभागिता जनाउँदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ बिर्खबहादुर शाही (प्रभाजित) सी लाई उम्मेदवारका रूपमा एकल सिफारिस गरेको छ।पार्टीको जिल्ला कमिटीको विस्तारित बैठकले शाहीलाई सर्वसम्मत रूपमा सिफारिस गरेको हो। जुम्लाबाट केन्द्रीय सदस्य तथा जिल्ला […]

सिम्तामा ‘हेलो धारा’ परियोजना कार्यान्वयन निर्देशिकाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत ,२५ पुस। सिम्ता गाउँपालिका, सुर्खेतमा हेल्भेटास नेपाल र सुन्दर नेपाल संस्थाको साझेदारीमा सञ्चालित ‘हेलो धारा’ परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन निर्देशिकासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सिम्ता गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको हो भने उपाध्यक्ष गोमा शर्मा (रेग्मी) प्रमुख आतिथ्यतामा सहभागी हुनुहुन्थ्यो। अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा परियोजनासँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको […]

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत ,२५ पुस। जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको र चार […]

जुम्ला कृषिको : बगैँचाबाटै स्याउ सुधार अभियान

गाेल्डेन बुढा जुम्ला,२५ पुस। जुम्लाको भूगोलमा स्याउ खेती केवल फल उत्पादनको विषय होइन, यो जुम्लीको जीवनयापन, रोजगारी र स्थानीय अर्थतन्त्रको मेरुदण्ड हो। तर विगतका वर्षहरूमा उत्पादन घट्नु, रोगको समस्या र गुणस्तर कमजोर हुनु जस्ता चुनौतीले जुम्लाको स्याउ बजारमा अपेक्षित प्रभाव पार्न सकेको थिएन। कृषि विकास कार्यालय जुम्लाले किसानको बगैँचामै पुगेर स्याउ बगैँचा व्यवस्थापन र काँटछाँटको […]