राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान 

कञ्चनपुर, २५ पुस ।  जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘रडारस्तर लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ । बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो । इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), कञ्चनपुरको साझेदारीमा […]

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौँ, २५ पुस ।  नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । उनले भने, “निर्वाचनका लागि एकीकृत […]

चुनावी कारण एसईई परीक्षा सरे पनि तयारी नछोड्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह

ओम शाही  सुर्खेत, २५ पुस। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा निर्धारित समयमा नहुने भएको छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि गठित पूर्वप्रधानन्याधिस सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी २१ फागुनमा तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण एसईई प्रभावित हुने भएको हो । निर्वाचनका कारण परीक्षा प्रभावित हुने भएपछि राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतको […]

विचार :  नेपाल र कोरियाबीच सम्बन्धका एक वर्ष 

डा .शिवमाया तुम्बाहाङ्फे नेपाल र कोरियाबीच औपचारिक सम्बन्ध सन् १९७४ मे १५ मा स्थापना भएको थियो । कोरियाको राजधानी सोलमा नेपालको दूतावास सन् २००७ मा स्थापना गरिएको थियो । कोरिया र नेपालको सम्बन्ध गहिरो रहेको छ । कोरियाको लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध रहेको मात्र होइन, दुई देशबीच सामाजिक, सांस्कृतिक, धार्मिक मूल्य मान्यताहरुमा केही समानता […]

जुम्लामा निर्वाचन सुरक्षाका लागि ठूलाे संख्यामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु

काली बहादुर परियार जुम्ला,२५ पुस । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जुम्ला जिल्लामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति जुम्लाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका लागि म्यादी प्रहरी भर्ना सम्बन्धी एकीकृत सूचना सार्वजनिक गरेको हो । सार्वजनिक सूचना अनुसार जुम्ला जिल्लामा नेपाल प्रहरीतर्फ […]

सम्पादकीय : राष्ट्रियसभा निर्वाचनको सन्देश ! 

आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनले कर्णाली प्रदेशको राजनीतिक शक्ति सन्तुलनलाई नयाँ ढंगले परिभाषित गर्ने देखिएको छ । निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन बनाएर उम्मेदवारी दर्ता गराउँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक्लै मैदानमा उत्रिएको छ । अन्तिम समयमा तीन दलबीच भागबण्डा नमिल्दा बनेको यो अवस्थाले कर्णालीको समसामयिक राजनीतिक यथार्थ र दलहरूबीचको विश्वासको […]

प्रदेश सभापति ललितजंग शाहीविरुद्ध :जुम्ला कांग्रेस

गाेल्डेन बुढा जुम्ला,२४ पुस। नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृह जिल्लामै पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष सतहमा आएको छ। जुम्लाका २६ महाधिवेशन प्रतिनिधिमध्ये १९ जना विशेष महाधिवेशनको माग गर्दै उपसभापति कार्मा बुढाको नेतृत्वमा बिहीबार काठमाडौंतर्फ प्रस्थान गरेका छन्।गाडी रिजर्भ गरेर राजधानी पुगेका ती प्रतिनिधिहरूले यसअघि नै विशेष महाधिवेशनको मागसहित हस्ताक्षर गरिसकेका थिए। जुम्ला प्रदेश […]

यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव

दुबई, २४ पुस (रासस/एपी) । साउदी अरेबियाले संयुक्त अरब इमिरेट्स (युएई) ले यमनमा राजद्रोहको आरोप खेपिरहेका एक पृथकतावादी नेतालाई गोप्य रूपमा देशबाट बाहिर निकालेर अबुधाबी पुर्‍याएको गम्भीर आरोप लगाएको छ । यस आरोपले यमन युद्धका क्रममा सहकार्य गर्दै आएका खाडीका दुई शक्तिशाली छिमेकी राष्ट्रबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ । साउदी सेनाले बिहीबार जारी गरेको […]

बङ्गलादेश–पाकिस्तान प्रत्यक्ष उडान पुनः सुरु

ढाका, २४ पुस (रासस/एएफपी) । बङ्गलादेश र पाकिस्तानबीच १४ वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु हुने भएको छ । ढाकाको राष्ट्रिय ध्वजावाहक बिमान बङ्गलादेश एयरलाइन्सले बिहीबार जानकारी दिँदै दुवै देशबीचको सम्बन्ध न्यानो बन्दै गएको र क्षेत्रीय शक्ति सन्तुलनमा परिवर्तन देखिएको पृष्ठभूमिमा उडान पुनः सञ्चालन हुन लागेको जनाएको छ । बिमान बङ्गलादेश एयरलाइन्सका अनुसार आगामी जनवरी […]

पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा

बोगोटा, २४ पुस (रासस/एपी)  भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरेको कडा आलोचनाले वासिङ्टन र बोगोटाबीचको सम्बन्धलाई अभूतपूर्व तनावमा पुर्‍याएको छ । यस हस्तक्षेपलाई पेट्रोले ल्याटिन अमेरिकी सार्वभौमसत्तामाथिको ‘घृणित उल्लङ्घन’ भन्दै सन् १९३७ मा नाजी जर्मनीले स्पेनको गुएर्निकामा गरेको कार्पेट बमबारीसँग तुलना गर्नुभएको छ । अमेरिकाको ऐतिहासिक रूपमा निकट […]

नेपाल–भारत सीमा रुपइडिहा नाकामा पहिलो पटक फेस डिटेक्सन क्यामेरा जडान, सुरक्षा व्यवस्था कडा

बाँके ,२४ पुस। नेपाल–भारत सीमा नाकाअन्तर्गत भारततर्फ पर्ने रुपइडिहा चेकपोष्टमा भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बल (एसएसबी) ले पहिलो पटक फेस डिटेक्सन क्यामेरा जडान गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ । सीमामा अवैध आवागमन र घुसपैठ नियन्त्रण गर्ने उद्देश्यसहित यो प्रविधि प्रयोगमा ल्याइएको हो । एसएसबीका कमाण्डेन्ट गंगासिंह उरावतका अनुसार नेपाल र भारतबाहेक अन्य देशका […]

परम्परागत कर्मचारीतन्त्र र कानूनी झन्झट विकासको बाधक : मुख्यमन्त्री कँडेल

सुर्खेत ,२४ पुस। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत कर्मचारीतन्त्र र झन्झटिलो कानूनी संरचना विकासको बाधक भएको बताएका छन् । कानूनी झन्झट र परम्परागत कर्मचारीतन्त्र यथावत् रहेसम्म नागरिकले अपेक्षाकृत विकासका काम प्रभावकारी रूपमा अघि बढ्न नसक्ने बताएका हुन् । राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार वीरेन्द्रनगरमा आयोजित भ्रष्टाचारविरुद्ध/प्राविधिक परीक्षण अन्तरनिकाय समन्वय गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले […]

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी (बाँके) २४, पुस। जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई […]