नेपाल–भारत सीमा रुपइडिहा नाकामा पहिलो पटक फेस डिटेक्सन क्यामेरा जडान, सुरक्षा व्यवस्था कडा

बाँके ,२४ पुस

नेपाल–भारत सीमा नाकाअन्तर्गत भारततर्फ पर्ने रुपइडिहा चेकपोष्टमा भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बल (एसएसबी) ले पहिलो पटक फेस डिटेक्सन क्यामेरा जडान गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ । सीमामा अवैध आवागमन र घुसपैठ नियन्त्रण गर्ने उद्देश्यसहित यो प्रविधि प्रयोगमा ल्याइएको हो ।
एसएसबीका कमाण्डेन्ट गंगासिंह उरावतका अनुसार नेपाल र भारतबाहेक अन्य देशका नागरिक अवैध रूपमा भारत प्रवेश गर्न नपाऊन् भन्ने उद्देश्यले भारत–नेपाल सीमामा यो प्रणाली जडान गरिएको हो । सीमामा हुने घुसपैठ, आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू एक देशबाट अर्को देशमा पुगेर लुकेर बस्ने प्रवृत्ति बढ्दै गएको अवस्थामा निगरानीलाई प्रभावकारी बनाउन फेस डिटेक्सन क्यामेरा प्रयोगमा ल्याइएको उहाँले बताउनुभयो ।
हाल रुपइडिहा नाकाबाट आवागमन गर्ने सबै यात्रुले केहीबेर उभिएर क्यामेरामा आफ्नो अनुहार देखाउनुपर्ने व्यवस्था गरिएको छ । साथै, यात्रुले आफ्नो आधिकारिक परिचयपत्रसमेत क्यामेरामा देखाएर डिजिटल रेकर्डिङ गराउनुपर्ने प्रावधान लागू गरिएको छ । यसबाट आवागमन प्रक्रियामा केही समय थप लाग्ने भए पनि सुरक्षाको दृष्टिकोणले यो व्यवस्था अत्यन्तै आवश्यक र प्रभावकारी रहेको एसएसबीको दाबी छ ।
रुपइडिहास्थित भारतीय प्रहरी थानाका प्रमुख रमेशसिंह रावतले केन्द्र सरकारबाट आएको निर्देशनअनुसार सीमाको सुरक्षा व्यवस्था थप कडा बनाउन फेस डिटेक्सन क्यामेरामार्फत हरेक यात्रुको अनुहार र परिचयपत्रको डिजिटल अभिलेख राख्ने काम सुरु गरिएको जानकारी दिनुभयो ।
नयाँ प्रविधि प्रयोगसँगै सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण हुनुका साथै भारत–नेपाल सीमाको सुरक्षा अझ सुदृढ हुने विश्वास गरिएको छ ।

नेपाल–भारत सीमा रुपइडिहा नाकामा पहिलो पटक फेस डिटेक्सन क्यामेरा जडान, सुरक्षा व्यवस्था कडा

परम्परागत कर्मचारीतन्त्र र कानूनी झन्झट विकासको बाधक

नेपाल–भारत सीमा रुपइडिहा नाकामा पहिलो पटक फेस डिटेक्सन क्यामेरा जडान, सुरक्षा व्यवस्था कडा

पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा

Leave a comment

Your email address will not be published. Required fields are marked *