दैलेखमा एक हजार पाँच सय बढी म्यादी प्रहरी भर्ना गरिँदै

दैलेख,२६ पुस ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय दैलेखले एक हजार पाँच सय ५७ जना म्यादी प्रहरीको भर्ना खुलाएको छ । आगामी माघ १ गतेसम्म दरखास्त दिन सकिने छ ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, सेना, प्रहरीका सेवा निवृत्त, यस अघिका निर्वाचनमा म्यादी प्रहरीमा इमान्दारितासंग काम गरेका, सुरक्षा निकायमा सेवा गर्न रुचि भएका शारीरिक तन्दुरुस्त व्यक्तिलाई प्राथमिकता दिइने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बहादुर बरालले बताउनुभयो ।

सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय नौमूले, इलाका प्रहरी कार्यालय दुल्लु र इलाका प्रहरी कार्यालय राकम समेत गरी ४ स्थानबाट आवेदन दिन पाउने व्यवस्था मिलाइएको डिएसपी बरालले जानकारी बताउनुभयो ।

योग्यता पुगेको इच्छुक व्यक्तिहरूको समय र श्रोत बचत होस् भनेर दैलेखका ४ स्थानबाट म्यादी प्रहरीमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको र यसले धेरै जना इच्छुकहरूको आवेदन सङ्कलन हुने दैलेखका प्रहरी प्रमुख डिएसपी बरालले बताउनुभयो ।

दैलेखमा एक हजार पाँच सय बढी म्यादी प्रहरी भर्ना गरिँदै

निर्वाचन ५४ दिन बाँकीः माघ ३ गतेदेखि

Leave a comment

Your email address will not be published. Required fields are marked *