जुम्लामा एम्बुलेन्स भाडादर निर्धारण

गाेल्डेन बुढा

जुम्ला,२७ पुस।
कर्णाली क्षेत्रको दुर्गम जुम्लामा एम्बुलेन्स सेवाको पहुँच विस्तार हुँदै गएको छ। हाल जिल्लाभर १७ वटा एम्बुलेन्स र एक वटा शवबहान सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र जुम्लाका आठवटै स्थानीय तहअन्तर्गत रहेका एम्बुलेन्सको अवस्था, संख्या र सञ्चालन प्रणालीलाई व्यवस्थित गर्न जिल्ला एम्बुलेन्स समितिले भाडादरसमेत निर्धारण गरेको हो।प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको संयोजकत्वमा बिहीबार बसेको जिल्ला एम्बुलेन्स समितिको बैठकले एम्बुलेन्सको तथ्यांक संकलन गर्नुका साथै सेवा शुल्क एकरूप बनाउने निर्णय गरेको छ।

समितिको निर्णयअनुसार अब जिल्लाभर एम्बुलेन्स सेवाको भाडादर निश्चित मापदण्डका आधारमा लागू हुनेछ।समितिले सार्वजनिक गरेको विवरणअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीन वटा एम्बुलेन्स सञ्चालनमा छन्। यस्तै जुम्लाको गुठीचौर गाउँपालिकामा एक, पातारासी गाउँपालिकामा दुई, तातोपानी गाउँपालिकामा एक, तिला गाउँपालिकामा एक, सिंजा गाउँपालिकामा दुई, कनकासुन्दरी गाउँपालिकामा दुई र हिमा गाउँपालिकामा चार वटा एम्बुलेन्स संचालनमा छन्।

एक मात्र चन्दननाथ नगरपालिकामा भने एक वटा एम्बुलेन्ससँगै एक वटा शवबहान पनि सञ्चालनमा रहेको छ।यसअघि जिल्लामा एम्बुलेन्स भाडादर स्पष्ट नहुँदा सेवाग्राहीले दूरी, सडक अवस्था र समयअनुसार फरक–फरक शुल्क तिर्नुपर्ने गुनासो गर्दै आएका थिए। सोही गुनासोलाई सम्बोधन गर्न जिल्ला एम्बुलेन्स समितिले भाडादर निर्धारण गरेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।

नयाँ निर्णयअनुसार चन्दननाथ नगरपालिका क्षेत्रभित्र एम्बुलेन्स सेवा लिँदा ६ सय रुपैयाँ भाडा लाग्नेछ। त्यसपछि नगरपालिका बाहिर जिल्लाभित्र यात्रा गर्दा कच्ची सडकमा प्रतिकिलोमिटर १ सय रुपैयाँ र पक्की (पीच) सडकमा प्रतिकिलोमिटर ९० रुपैयाँ भाडादर तोकिएको छ।जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माका अनुसार जिल्ला बाहिर रिफर गरिने बिरामीका लागि पनि निश्चित दर कायम गरिएको छ। जुम्लाका कुनै पनि स्थानबाट सुर्खेतसम्म एम्बुलेन्स सेवा लिँदा दुईतर्फी २० हजार रुपैयाँ र नेपालगञ्जसम्म दुईतर्फी २५ हजार रुपैयाँ भाडा लाग्नेछ।“भाडादर स्पष्ट हुँदा सेवाग्राहीलाई राहत मिल्छ,” शर्माले भने, “अब मनपरी शुल्क लिने अवस्था अन्त्य हुन्छ, एम्बुलेन्स सञ्चालन पनि पारदर्शी र व्यवस्थित बन्छ।”जिल्ला प्रशासन कार्यालयका अनुसार एम्बुलेन्स सञ्चालनलाई अझ प्रभावकारी बनाउन नियमित अनुगमन गरिनेछ।

साथै आपत्कालीन अवस्थामा एम्बुलेन्स समयमै परिचालन हुने व्यवस्था मिलाउन स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षानिकायबीच समन्वयलाई बलियो बनाइने योजना छ।दुर्गम भौगोलिक बनावट, कमजोर सडक सञ्जाल र सीमित स्वास्थ्य सेवाका कारण जुम्लामा एम्बुलेन्स सेवा नागरिकका लागि जीवनरक्षाको प्रमुख आधार मानिन्छ। नयाँ भाडादर कार्यान्वयनसँगै एम्बुलेन्स सेवामा पहुँच र विश्वास बढ्ने अपेक्षा गरिएको

जुम्लामा एम्बुलेन्स भाडादर निर्धारण

रोल्पामा १ लाख ४९ हजार ५ पाँच

जुम्लामा एम्बुलेन्स भाडादर निर्धारण

त्रिशूलीमा बसको अवशेष भेटियो, सिमलतालमा हराएको बस

Leave a comment

Your email address will not be published. Required fields are marked *