‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ सम्पन्न

सुर्खेत । एक्जिटो एजुकेसन, अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सिङ्गापुरमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सन्चालक तथा स्कुलहरुलाई ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ द्वारा सम्मानित गरेको छ ।

सिङ्गापुरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका प्रो. चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन् । कार्यक्रममा नेपालभरिबाट छनोटमा परेका विभिन्न स्कुल, कलेज, स्कुल संचालक तथा प्रिन्सिपलहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त अन्तरराष्ट्रिय अवार्ड प्रदान गरेको हो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशबाट नेपाल बुद्धिजीवी परिषद कर्णालीका अध्यक्ष ,प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष , सिद्दपाइला इङ्गलिस मिडियम सेकेन्डरी स्कुलका संचालक प्रिन्सिपल नैनसिंह खत्रीलाई `इनोभेटिभ प्रिन्सिपल अवार्ड ‘प्रदान गरिएको छ। एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले शिक्षा क्षेत्रको विकासमा उलेख्य योगदान पुर्याएका ३३ वटा स्कुल तथा स्कुल संचालकहरुलाई छनोट गरी पहिलो पटक सम्मान गरिएको र यसलाई प्रत्येक वर्ष निरन्तरता दिइने बताए ।

‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ सम्पन्न

उच्च अदालतमा मुद्दा फछर्यौट स्थिती सुधारोन्मुख, एक

Leave a comment

Your email address will not be published. Required fields are marked *