छायाँनाथ रारा नगरपालिकाको अभियान ‘एक मुख दश रुख’

राज्यश्वोर मल्ल/मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले ‘एक मुख दश रुख’ को अभियान संचालन गरेको छ । नगरपालिका भित्र प्रभावित क्षेत्रको रोकथामा तथा हरित नगर बनाउने उद्देश्यका साथ नगरपालिकाकाले रुख रोप्ने अभियानको थालनी गरेको हो । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले अभियान नगरवासी सबैको भएकाले अभियानमा जोडिन अनुरोध गरेका छन् ।

दुई हप्ता अघि पहिलो पटक रेडक्रसदेखि चैन खोला सम्मको सडकमा पाँच सय विरुवा रोपेर वृक्षारोपण गरिएको थियो । शनिबार दोस्रो पटक पहिरो जाने स्थान छत्तेलवाडादेखि माथि चैनखोला सम्म एक हजार बिरुवा रोपिएको छ । नगरपालिकाले निति तथा कार्यक्रममा ‘एक मुख दश रु’ हरित नगर बनाउने अभियान सञ्चालन गर्ने नीति अनुसार हरेक शनिबार श्रमदानबाट वृक्षारोपण गरिने बताए ।

उनका अनुसार गत बर्षको अविरल बर्षासँगैको बाढी पहिरोले मुगु जिल्लामा ठुलो क्षति भएको थियो । त्यस्ता पहिरो जाने स्थानमा पहिरो रोकथामका लागि वृक्षारोण गरिने र विशेष गरी हरित नगर बनाउने उदेश्यका अभियान संचालन गरिएको नगर प्रमुख भामको भनाई छ ।
वृक्षारोपण अभियान शुभराम्भ भएसँगै अब प्रत्येक नागरिकले अनिवार्य आफनो गाउँ टोल सार्वजनिक स्थलमा एक जना नागरिकले १० रुख लगाउनु पर्ने छ ।

जिल्लाका सरकारी कार्यालय, संघ संस्था,बिद्यालय, स्वास्थ्य संस्थाले आफनो कार्यालय परिसर तथा सार्वजननिक स्थल सबैमा आफुलाई पायक पर्ने स्थानमा एक जना व्यत्तिले १० रुख अनिवार्य रोप्न नगरपालिकाले प्रत्रचारसमेत गरेको छायाँनाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीले बताए ।

वृक्षारोपण अभियान कार्यक्रममा वडा अध्यक्ष, नागरिक समाज, राजनैतिकदल पत्रकार सबैले साथ दिएका छन । यसै बिच छायाँनाथ रारा नगरपालिकाले टुक्रे योजना कमाई खाने माध्यम मात्र भएकाले यीस्ता योजना बन्द गरी साना योजना श्रमदानबाट गर्ने अभियान सञ्चालन गरेको छ ।

नगर प्रमुख बिष्णु कुमार भामको अगुवाईमा बर्सपाक निमार्ण, चैन खोला गोरेटो बाटो निमार्ण, झयारी गमगढी खानेपानी मर्मत, बोटुधारा विश्रामस्थल चौतारा निमार्ण, धउल्या धारा बिश्रामस्थल निमार्ण र ढुम साउने धारा गोरेटो बाटो निमार्ण श्रमदान बाट निमार्ण भएका छन ।आगामी दिनमा पनि श्रमदान अभियानलाई निरन्तता दिदै साना योजना श्रमदान बाट निमार्ण गर्ने अभियानमा लागि पर्ने नगर प्रमुख भामको भनाई छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *