दाङमाबाट झण्डै दुई लाख नगद सहित आठ जुवाडे पक्राउ

दाङमा झण्डै दुई लाख नगद सहित आठ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार पक्राउ गरि उनीहरुलाई शनिवार प्रहरीले सार्वजनिक गरेको हो । शुक्रवार दिउँसो प्रहरी निरीक्षक रञ्जनबहादुर स्वाँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुल्सीपुर–६ रजौरा टोलको एक खाली घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको थियो ।


पक्राउ पर्नेहरुमा तुल्सीपुर–११ का रोहित न्यौपाने, सोही स्थानका चित्रबहादुर बस्नेत, मिनकेतन गिरी, सुरेन्द्र लामा, वडा नम्वर १२ का मानबहादुर रावत, दिपेन्द्र गिरी, विवेक मल्ल र दिगाम्बर गिरी रहेका छन् । उनीहरुसहित जुवाखालबाट १ लाख ९८ हजार दुई सय रुपैयाँ नगद, १६ थान कौडा , भुईँमा बिछाइएको म्याट्रेक्स र दरी समेत बरामद गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

दाङमाबाट झण्डै दुई लाख नगद सहित आठ जुवाडे पक्राउ

प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको पाँचौ अधिबेशन

दाङमाबाट झण्डै दुई लाख नगद सहित आठ जुवाडे पक्राउ

नेप्सेका सीईओका लागि दरखास्त आह्वान

Leave a comment

Your email address will not be published. Required fields are marked *