प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको पाँचौ अधिबेशन सुरु

प्रचण्ड खत्री रुकुम पश्चिम : प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको पाँचौ जिल्ला अधिबेशन सुरु भएको छ । मुसिकोट नगरपालिका वडा ५ को सहिद स्मृति प्रतिस्ठानको सभाहलमा अधिबेशन सुरु भएको छ ।
नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा रुकुम पश्चिम जिल्ला ईन्चार्ज वसन्त शर्मा ( कुशल ) ले मैन बत्ती बालेर अधिबेशनको उत्घाटन गर्नुभएको हो ।
जिल्ला आयोजक समिति संयोजक मेगराज खड्काको अध्यक्षतामा भएको उत्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज वसन्त शर्मा ९ कुशल को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य बिमला केसिको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश ईन्चार्ज धुर्बबिग्रम बुढाथोकी , केन्द्रिय सदस्य लक्ष्मि पुन , केन्द्रिय कार्यलय सदस्य सचिन रोका , नेपाल पत्रकार महासंघका रुकुम पश्चिम अध्यक्ष लक्षमण केसि लगायतको आतिथ्यता रहेको थियो । प्रेस सेन्टर नेपाल रुकुम पश्चिम आयोजक समिति सदस्य हरि गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन आयोजक समिती सदस्य गणेश शेर्पालिले गर्नुभएको थियो । सम्मेलन नयाँ कार्यसमिती चयन गर्दै आज सकिने आयोजक समितिले जनाएको छ ।





