समाजवादीको चियापानसँगै पार्टी कार्यालय उद्घाटन

दुर्गा : सल्यानको बनगाड कुपिण्डे नगरपालिका नगर स्तरीय पार्टी कार्यालय सञ्चालन गर्ने समाजवादि दोस्रो पार्टीका रुपमा रहेको छ । नेपाली कांग्रेसले पहिल्यै देखि पार्टी कार्यालय स्थापना गरेको छ भने एमाले,माओवादि र राप्रपाको हाल सम्म औपचारिक रुपमा पार्टी कार्यालय सञ्चालन भएको छैन ।
पार्टी कार्यालय उद्घाटन तथा कार्याकर्ता भेटघाटका लागि समाजवादिका कर्णाली प्रदेश इन्चार्ज तथा केन्द्रीय उप महासचिव प्रकाश ज्वाला सल्यान पश्चिममा छन् । विहान ११ वजे चियापानसंगै पार्टी कार्यालय उद्घाटन पनि गरिएको छ । अगुवा कार्याकर्ताका साथमा शुभ दिपावलि शुभकामना आदानप्रदा,चियापान तथा कार्यालय उद्घाटन समेत गरिएको छ ।
कार्यक्रम केन्द्रीय नेता प्रकाश ज्वाला,प्रेमा अधिकारी,प्रेम डाँगी,प्रदेश कमिटी सदस्य गणेश विसि,जीवन विसि,वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य शान्त कुमार यरि,जिल्ला कमिटी सदस्य टोपवहादुर विष्ट,पुष्कर विसि लगाएतका थुप्रै नेताहरुको उपस्थिति रहेको थियोे । पार्टीका अगुवा कार्यकर्ता माझमा ज्वालाले दिपावलिको शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको स्वागत मन्तव्य नेपाल राष्ट्रिय शिक्षक संगठन शिखर यरिले गरेका थिए ।रविराज शर्माको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव गोविन्द डाँगीले गरेका थिए ।








