दिल्लीको अदालतभित्रै गोली चल्यो, तीन जनाको मृत्यु

दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट भएको छ । गोली हानेर ग्याङस्टार जितेन्द्र गोगीको हत्या गरिएको छ ।


उक्त घटनामा गोगीसहित तीन जना मारिएका छन । गोली हानाहानमा ३ देखि ४ जना घाइते भएका छन ्। रिपोर्टका अनुसार गोगी अदालतमा उपस्थित हुन आएका थिए। गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

भारतीय मिडियाका अनुसार राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा आएका थिए । उनीहरूले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली हानेका थिए । प्रहरीको स्पेशल सेलको जवाफी कारबाहीमा दुवैको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्।

दिल्लीको अदालतभित्रै गोली चल्यो, तीन जनाको मृत्यु

पुनस्र्थापनामा सरकारी अलमल छानो पाउने आशमा पीडितहरु

दिल्लीको अदालतभित्रै गोली चल्यो, तीन जनाको मृत्यु

ईपीएल खेल्न इकबाल आज नेपाल आउदै

Leave a comment

Your email address will not be published. Required fields are marked *