पुनस्र्थापनामा सरकारी अलमल छानो पाउने आशमा पीडितहरु

सुर्खेत, ७ असोज । घरबारविहीन भएको सात बर्ष वित्यो । न बस्ने गतिलो बास छ, न त खेती गर्नलाई जग्गा । सुरुका बर्षमा त जसोतसो दाताले दिएको राहतले छाक ट¥यो । सरकारले पनि बारम्बार राहत दिने आश्वासन दियो । घाम र पानीबाट जोगिन छानोमुनी ओत लाग्ने आशमा सुर्खेतका बाढीपीडितहरु त्रिपालमै छन् । तर पनि सरकारी अलमलका कारण हालसम्म उनीहरुको पुनस्र्थापना हुन सकेको छैन ।

बर्षौंसम्म पुनस्र्थापना नहुँदा बाढीपीडतको जीवन कष्टकर बनेको छ । एकातिर छाक टार्ने पीरलो छ भने अर्कोतर्फ च्यातिएका त्रिपालमुनी रात विताउनुपर्ने बाध्यता । बाढीकै कारण घरबारविहीन भएपछि नरबहादुर रोकाया वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रको शिविरमा बस्न थालेको सात वर्ष बित्यो । २०७१ को बाढीले रोकायाको घर मात्रै बगाएन, उनका दुईवटै खुट्टा पनि चुँडिदियो । ‘च्यातिएका त्रिपालमा परेका प्लाल टाल्छु, तर फेरी च्याति हाल्छ । थाहा छैन, अझै कति वर्ष टाल्नुपर्ने हो ?’ दुवै खुट्टा गुमाएका रोकायले शिविरमा जीवन धान्न कठिन भएको पीडा पोखे ।

यस्तै बराहतालस्थित गिरीघाटमा रहेको अस्थायी शिविरमा अहिले पनि धेरै विस्थापीत परिवार बसिरहेका छन् । जहाँ उनीहरुको जीवन पनि कष्टकर नै छ । ५६ वर्षीया लक्ष्मी योगीको जोडी सात वर्षदेखि यही शिविरमा बस्दै आएको छ । बर्षातमा समयमा त उनीहरु ओत लाग्दै आएको त्रिपालभित्रै पानी पस्छ ।

सरकारले हालसम्म पुनस्र्थापनामा चासो नदिएको र ओत लाग्ने छानो नदिएका कारण चिसोकै कारण आफ्ना श्रीमान् बिरामी परेको लक्ष्मीले सुनाइन् । बाढीले घरबारविहीन भएपछि त्रिपालमा ओत लागेर कष्टपूर्ण जीवन बिताउन बाध्य लक्ष्मीको परिवार एक्लो भने होइन ।
सुर्खेतमा उनीहरु जस्तै सयौं बाढीपीडित परिवार छन् ।

जो सात बर्षदेखि पुनस्र्थापनाको प्रतिक्षामा छन् । ‘हिउँद र खडेरी त जसोतसो कट्छ । जब बर्षातको समय आउँछ, तब सात वर्षअघिकै त्यो कहालीलाग्दो घटनाले सताउँछ’ लक्ष्मी भन्छिन् । सुरुमा ओत लाग्न पीडितहरु जिल्लास्थित वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र, गिरीघाट र सिस्नेरी लगायतका शिविरमा पुगे ।

तर सरकारी बेवास्ता र अलमलका कारण पीडितहरू अहिले पनि त्यही च्यातिएका त्रिपालमुनी रात विताइरहेका छन् । बाढीले सुर्खेतको इत्राम, खोर्केखोला, तिखाकुना, रानीघाट, तातोपानी लगायत भेरी नदीमा आएको बाढीले किनारका बस्तीहरु बगाएको थियो । जसमा एक हजारभन्दा बढी परिवार विस्थापित भएका थिए ।
पुनस्र्थापनाका लागि कर्णाली प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय समितिले सुर्खेतमा एकहजार ४५ परिवार बाढीपीडित रहेको प्रतिवेदन तयार पारेको छ । तर उक्त प्रतिवेदन केवल कागजमै सिमिति बनेको छ । प्रदेश सरकारले पीडितको पुनस्र्थापना गर्नका हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमै यो विषयलाई समावेश गर्दै आएको छ । तर पनि जग्गाको टुंगो नलाग्दा अधिकांश विस्थापीत परिवारको पुनस्र्थापना हुन सकेको छैन । प्रदेश र स्थानीय सरकारले संयुक्त रुपमा विस्थापीतको पुनस्र्थापना गरी उनीहरुलाई छानोमुनी ल्याउने बताए पनि हाल अधिकांश परिवार त्रिपालकै बासमा छन्

गर्भवती र सुत्केरीलाई सकस

विस्थापीत शिविरमा बस्दै आएका गर्भवती र सुत्केरी महिलाहरु बढी समस्यामा छन् । उनीहरुले नियमित स्वास्थ्य जाँच गराउन सकेका छैनन् भने आर्थिक अभावका कारण पोषिलो खानेकुरा समेत पाउन सकेका छैनन् ।
त्रिपालकै बासमा आमा बनेका र गर्भवती महिलाले पोषणयुक्त खानेकुरा पाउन सकेका छैनन् । छाक नै कसरी टार्ने भन्ने समस्या भएकाले आफूहरुलाई पोषिलो खान सम्भव नभएको उनीहरु बताउँछन्े । त्रिपालमुनी रात काट्नपर्ने बाध्यताले चिसोका कारण उनीहरु विरामी पर्ने गरेका छन् । शिविरमा प्रयाप्त स्याहार नपाउँदा बच्चाको स्वास्थ्यमा पनि समस्या देखिने गरेको छ ।

शिविरमा बसेदेखि सुत्केरी भएका महिलाहरुमा विभिन्न रोगको समस्या देखिएको छ । वर्षातको समयमा बाढीपीडित शिविरमा सुत्केरीलाई सास्ती हुने गरेको छ । शिविरका सुत्केरी महिलाहरुले आर्थिक अभावका कारण औषधी उपचारसमेत गर्न पाएका छैनन् । ‘
हाम्रो शिविरमा चार वर्षमा आठ जना बालबालिका जन्मेका छन्’ शिविरमा बस्दै आएकी विमला दमाईले भनिन्,‘यो त्रिपालमा वेहाल भयो, गर्भवती र सुत्केरीको विजोग नै छ ।’

शिविरमा खानाकै पीरला

विस्थापीत शिविरमा बसेकाहरु हिजोआज छाक कसरी टार्ने भन्ने चिन्तामा छन् । सुरुसुरुमा सरकारी तथा गैरसरकारी निकायले राहत उपलब्ध गराए पनि पछिल्लो समय राहत पाइन छाडेको छ ।
साथै आयआर्जन र उतपादनको उपाय नभएपछि विस्थापीतहरु दैनिक मजदुरी गर्न बाध्य छन् । त्यसमा पनि कोरोना महामारीका कारण शिविरमा थप खाद्यान्नको संकट बढेको हो । दैनिक मजदुरी गरेर घर खर्च चलाइरहेका उनीहरूले मजदुरी गर्न पनि पाएनन् । हाल लकडाउन हटे पनि मजदुरी भने खोसिएको छ ।
आफूहरूले यसअघि दैनिक ६ सयमा ज्यालादारी काम गर्दै आए पनि अहिले तीन सयमा काम गर्न भनिएको विस्थापीत सरस्वती योगीले सुनाइन् ।

‘हामी महिलालाई काम पाउनै कठिन छ, पाईहाले पनि ज्याला भनेजस्तो पाइँदैन’ उनले भनिन् ।
काम गर्नै नपाएपछि छाक टार्न समस्या भएको उनको दुखेसो छ । छोराछोरीलाई भोकै राखेर शिविरमा बस्नु पर्दाको पीडाले विमला दमाईलाई थिचेको छ । महामारी र निषेधाज्ञाका कारण मजदुरी गर्न समस्या भएपछि खाद्यान्न अभाव भोग्नुपरेको पीडितहरु बताउँछन् ।

पुनस्र्थापनामा सरकारी अलमल छानो पाउने आशमा पीडितहरु

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्ने। एमाले नेता

पुनस्र्थापनामा सरकारी अलमल छानो पाउने आशमा पीडितहरु

दिल्लीको अदालतभित्रै गोली चल्यो, तीन जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *