कांग्रेसले सरकारी निवास बालुवाटारमा बैठक नराख्ने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पार्टीभित्र हुने औपचारिक बैठकहरू अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नहुने भएका छन्।

साउन १ गते बालुवाटारमा पदाधिकारी बैठक बोलाएपछि चौतर्फि आलोचना भएको थियो। कांग्रेसले आगामी दिनमा औपचारिक बैठकहरू सरकारी निवासमा आयोजना नगर्ने निर्णय गरेको हो।

महामन्त्री पूर्णबहादुर खड्काले विगतको गलत परम्परालाई तोड्दै कांग्रेसले औपचारिक बैठकहरू बालुवाटारमा आयोजना नगरिने निर्णय गरिएको जानकारी दिए।

उनले एक ट्वीट लेख्दै विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने बताए।

ुनिर्णय कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बूढानीलकण्ठमा बस्दै,’ महामन्त्री खड्काले ट्वीटरमा लेखेका छन्।

कांग्रेसले सरकारी निवास बालुवाटारमा बैठक नराख्ने

चीनबाट थप ८ लाख भेरोसेल खोप आइपुग्यो

कांग्रेसले सरकारी निवास बालुवाटारमा बैठक नराख्ने

एमाले केन्द्रीय कमिटी बैठक सकियो, कारबाहीको निर्णय

Leave a comment

Your email address will not be published. Required fields are marked *