चीनबाट थप ८ लाख भेरोसेल खोप आइपुग्यो

काठमाडौं । चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आइपुगेको छ। खोप लिएर नेपाल वायुसेवा निगमको विमान दिउसो २ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गरेको हो।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेवाबु थापाका अनुसार हाल खोपलाई विमानस्थलमा रहेको भण्डार कक्षमा स्टोर गर्न लागिएको छ। उनले भने ु खोप आइपुगेको छ, हामीले यही भण्डार गर्न लागेका छौँ, यहीबाट वितरण हुन्छ।

निगमको विमानले आगामी आइतबारसम्म तीनवटा उडान गरी कम्तिमा २४ लाख डोज खोप काठमाडौं ल्याउने योजना बनाएको छ। सरकारले गत महिना चिनिया कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खरिद गरेको थियो।

सोही खोपको दोस्रो खेप आज आएको हो। यसअघि पहिलो खेप गत २५ असार २५ गते ८ लाख डोज ल्याइएको थियो। सरकारले पछिल्लो समय कोरोना विरुद्धको खोप अभियान चलाएको छ।

चीनबाट थप ८ लाख भेरोसेल खोप आइपुग्यो

चन्दननाथमा विवाद : नगरप्रमुख भन्छन् बजेट पारित

चीनबाट थप ८ लाख भेरोसेल खोप आइपुग्यो

कांग्रेसले सरकारी निवास बालुवाटारमा बैठक नराख्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *