ओलीको घोषणा : आममाफी भयो, आउनुस् फेरि एकजुट भएर अघि बढौं

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आममाफी दिने घोषणा गरेका छन्।

पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताएका हुन्।

‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टी इज ग्रान्टेड (आममाफी दिइनेछ) ।’ उनले सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।

‘आज पुष्पलाललाई सम्झिएर म भन्न चाहन्छु, आउनुहोस् मिलेर काम गरौं, आन्दोलनलाई सफल पारौँ, एकजुट भएर जाऔं ।’ ओलीले भने, ‘पद र स्वार्थका कुरा छोडौं, देश र जनताका समस्याका कुरा गरौं, हाम्रो बिजय यात्रालाई कसैले पनि रोक्न सक्दैन।’

यद्यपी कम्युनिष्ट आन्दोलन र पार्टीले आफ्नै कारणले ठूलो क्षति ब्यहोरेको उनको भनाइ छ। ‘तै पनि म भन्न चाहन्छु फेरि एकजुट भएर अगाडि बढौं।’ उनले भने ।

ओलीको घोषणा : आममाफी भयो, आउनुस् फेरि एकजुट भएर अघि बढौं

आफ्नै घरमा पनि अपमान सहेर कोही बस्दैन

ओलीको घोषणा : आममाफी भयो, आउनुस् फेरि एकजुट भएर अघि बढौं

२७ सय १४ संक्रमित थपिए, २४ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *