गाई काट्ने १० जनालाई प्रहरीले पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले गाई काटेको अभियोगमा १० जनालाई पक्राउ गरेको छ। मकवानपुरको बकैया गाउँपालिका–११ बाट नेपालको राष्ट्रिय जनावर गाई काट्ने १० जनालाई प्रहरीले पक्राउ गरेको हो।

गएराति जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरी टोलीले दुईजना महिला र ८ जना पुरुषलाई पक्राउ गरेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

पक्राउ पर्नेहरूमा सञ्चमाया ब्लोन, फुलमाया थिङ, सन्देस विक, जनक बहादुर लो, प्रल्हाद भक्त न्यासुर, सोमबहादुर तामाङ, राजकुमार घलान, सोमार ब्लोन, रवीन्द्र लो र पम्पराज लो रहेका छन्।

गाई काट्ने १० जनालाई प्रहरीले पक्राउ

आयकर ऐन संशोधन प्रस्ताव तत्काल फिर्ता लिन

गाई काट्ने १० जनालाई प्रहरीले पक्राउ

नेकपा समाजवादीकाे वडा अभियानमा पार्टी प्रवेशको लहर

Leave a comment

Your email address will not be published. Required fields are marked *