नेकपा समाजवादीकाे वडा अभियानमा पार्टी प्रवेशको लहर

दुर्गा विसि/ सल्लीबजार, ४ असाेज ।

नेकपा एकीकृत समाजवादि पार्टिले बनगाड कुपिण्डे वडा नं ६ मा गरेको वडा स्तरीय कार्यक्रम १६ वढिले अन्य पार्टी छाेड्दै समाजवादीमा प्रवेश गरेका छन् ।उक्त वडा नेकपा( एस) का प्रदेश कमिटी सदस्य तथा तत्कालीन एमालेका पुराना संस्थापक नेता गणेश विसिकाे वडा हाे ।

नेपाली कांग्रेस छाेड्दै नेकपा समाजवादीमा उनिहरु प्रवेश गरेका हुन । २०७४ काे स्थानीय चुनावमा नेपाली कांग्रेसले चुनाव जितेको एक मात्रै वडामा पछिल्लोपटक उक्त क्षेत्रका नागरिकमा वितृष्णा वढेकाे जनाएको छ । खानेपानी,सडक,वत्ति लगाएतको निकै ठुलो अासा राखेका त्यहाँका नागरिक पार्टी प्रवेश गर्दै सत्ता प्रती आक्रोशपुर्न्न अभिव्यक्त दिएका छन् ।

सबैलाई उनिहरुले समाजवादिमा समाहित हुन आग्रह गरेका छन् ।वडा भेलामा खचाखच हलले भरिएको थियोे ।भेलालाई नेता विसि,नगर संयोजक रविराज शर्मा,प्रदेश कमिटी सदस्य जीवन विसि,जिल्ला कमिटी सदस्य टाेपवहादुर विष्ट,विजय नेपालीले धारणा राखेका थिए । वडा भेलामा नेपाली कांग्रेस पार्टी प्रत्याग गर्दै उक्त वडा तत्कालीन वडा सभापति खड्ग व शाहि,खिम कुमार रावत,यामवहादुर गिरि,रत्नराज पुरी,इन्द्रबहादुर पुरी,खुमलाल खत्री,कमल केसि,तेजबहादुर पुरी,अमृत केसि,नारायण पुरी,निसान पुरी,टेकबहादुर पुरी,खिम वहादुर पुरी लगाए १२ जना समाजवादीमा प्रवेश गरेका छन् ।

त्यसै गरि गाेरख पुनकाे अध्यक्ष,खिमवहादुर वर उपाध्यक्ष,सचिवमा बाकृष्ण विक,स-सचिवमा सुनिता वुढा सहित ५१ सदस्य वडा कमिटी समेत गठन गरिएको छ ।अर्कोतिर युवा संघ समेत गठन गरिएको छ । अध्यक्षमा अमृत केसि,उपाध्यक्षमा पुष्कर वाग्रीमगर,सचिवमा तेजेन्द्र पुरि र सचिवमा संगम वस्नेतसहित ५१ सदस्य युवा संघ गठन गरिएको नगर सचिव प्रसान्त साहुले जानकारी दिएका छन् ।

गणेश विसिकाे प्रमुख अातिथ्यमा भएको वडा भेलाकाे सञ्चालन लिलाधर शाहीले गरेका थिए । नेकपा समाजवादिले वडा भेलासं्गै कमिटी विस्तारलाई तिव्रता दिएको छ । वडा ६ काे बनगाड क्याम्पस बनगाडमा भएको वडा भेलामा २ सय वढिकाे वाक्लाे उपस्थिति रहेको थियोे ।

नेकपा समाजवादीकाे वडा अभियानमा पार्टी प्रवेशको लहर

गाई काट्ने १० जनालाई प्रहरीले पक्राउ

नेकपा समाजवादीकाे वडा अभियानमा पार्टी प्रवेशको लहर

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *