एम्बुलेन्स सेवामा १० प्रतिशत छुट

सुर्खेत । वीरेन्द्रनगर र खार्पुनाथ गाउँपालिकाले एम्बुलेन्स सेवामा १० प्रतिशत छुट दिने भएको छ । उक्त दुई पालिकाले आफ्ना स्थानीय नागरिक तथा पालिकामा कार्यरत कर्मचारीहरूलाई एम्बुलेन्स सेवामा १० प्रतिशत छुटको व्यवस्था गरेको हो ।

विशेष छुटमा एम्बुलेन्स सेवा दिने क्रममा वीरेन्द्रनगर नगरपालिका सुर्खेत र खार्पुनाथ गाउँपालिका हुम्लाको सहयोगमा सरकारी तथा संस्थान सवारी चालक एशोसियसन कर्णाली प्रदेश समितिको व्यवस्थापनमा विशेष छुटमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको बताइएको छ ।

उक्त एम्बुलेसमा १० प्रतिशत छुटको सेवा पाउँनको लागि आफ्नो स्थानीय नागरिक वा कर्मचारी भएको परिचय खुल्ने प्रमाण पेश गरेमा उक्त सेवा सहजै दिन सकिने सरकारी तथा संस्थान सवारी चालक एशोसियसन कर्णाली प्रदेशका अध्यक्ष श्यामलाल देवकोटाले बताए ।

उक्त सेवा लिनको लागि एशोसियसनका अध्यक्ष श्यामलाल देवकोटाको सम्पर्क मोवाइल नम्बर ९५०५५४६९ मा अर्थात ससबहादुर मन्दिर (संयोजक) ९४०४८२८५, गोविन्द प्रसाद सापकोटा (सदस्य) ९५०५०६०७, सन्तोष भण्डारी (सदस्य) ९८४४८६१४६३ मा र ९६०११६०० मा पनि सम्पर्क गरेर सेवा लिन सकिने सरकारी तथा संस्थान सवारी चालक एशोसियसन कर्णाली प्रदेश समितिले जनाएको छ ।

 

एम्बुलेन्स सेवामा १० प्रतिशत छुट

कर्णालीमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि,

Leave a comment

Your email address will not be published. Required fields are marked *