कर्णालीमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा थप ९७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

११७ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा ४९ र २७८ जनामा गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार मंगलबार सबैभन्दा धेरै सुर्खेतमा २७ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै जुम्लामा २०, रुकुमपश्चिममा २१, कालिकोटमा ११ दैलेखमा ७, सल्यान र जाजरकोटमा ३/३ जना र हुम्लामा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य निर्देशक रविन खड्काले जानकारी दिए ।

यस्तै मंगलबार ६९ जनाले कोरोना भाइसरको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या ९०५ मा उक्लिएको छ। मंगलबार प्रदेशमा जुम्लामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ। प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३६० पुगेको छ ।

कर्णालीमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

एम्बुलेन्स सेवामा १० प्रतिशत छुट

कर्णालीमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

सुकुम्वासी आयोग गठन गर्न ज्वालाको आग्रह

Leave a comment

Your email address will not be published. Required fields are marked *