इक्वेडरको जेलमा कैदीहरुबीच झडप स् कम्तीमा ६८ जनाको ज्यान गयो

काठमाण्डौ : इक्वेडरको एउटा जेलमा कैदीहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको ज्यान गएको छ ।

गाकुइल सहरमा रहेको जेलमा झडप भएको हो । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौँको सङ्ख्यामा सेना परिचालन गरिएको छ ।

झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विस्फोटक पदार्थ र बन्दुक फेला पारेको बीबीसीले जनाएको छ । यो वर्षभित्र नै इक्वेडरका जेलमा भएको झडपमा दुई सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

यो जेलमा गएको असोजमा पनि झडप भएको थियो । त्यसबेला सय जनाभन्दा धेरैको ज्यान गएको थियो।

यसअघि गएको फेब्रुअरीमा पनि तीन वटा जेलमा झडप भएको थियो । ती घटनामा कम्तीमा ७९ जनाको ज्यान गएको थियो । मेक्सिकोका माफिया समूह र तस्करको प्रभाव बढेकाले इक्वेडरका जेलमा बारम्बार झडपका घटना हुँदै आएको त्यहाँका सुरक्षा अधिकारले बताएका छन्।

इक्वेडरको जेलमा कैदीहरुबीच झडप स् कम्तीमा ६८ जनाको ज्यान गयो

विराटनगरमा रमेश खरेलको सुशासन अभियान

Leave a comment

Your email address will not be published. Required fields are marked *