फिनल्याण्डले डेब्यू खेलमा डेनमार्कलाई हरायो

एजेन्सी । डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ।​ पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० गोलले पराजित गरेको हो।​​

फिनल्याण्डको जितमा जोएल पोहनपालोले निर्णायक गोल गरे। जोएलले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए। युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो। पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरोमा यो पहिलो जित हो ।​

युरोकपको समूह बी अन्तर्गत फिनल्याण्ड विरुद्धको खेलमा डेनमार्कका मिडफिल्डर क्रिष्टियन एरिक्सन मैदानमै ढलेका थिए। खेलको ४३औं मिनेटमा बललाई हेड गर्न खोज्दा लडेर मैदानमै बेहोस भएपछि चिकित्सकको टोलीले मैदानमै उनलाई सिपीआर दिइएको थियो ।

हृदयघात भएको अनुमानमा चिकित्सकको टोलीले उपचार गर्दै अस्पताल पुर्‍याएका थिए। मैदानमै होस गुमाएपछि खेल स्थगित गरिएको थियो। तर अस्पताल पुर्‍याएर थप उपचारपछि उनको होस खुले लगत्तै खेल पुन सञ्चालन गरिएको थियो ।

आफ्नै घरेलु मैदानमा आफ्नो कप्तान गम्भीर घाइते हुँदा डेनमार्कले सोचेअनुसार प्रदर्शन गर्न सकेन। खेलमा ७४औं मिनेटमा पाएको पेनाल्टी समेत गोलमा परिणत गर्न नसकेपछि डेनमार्क फिनल्याण्डसँग पराजित हुन पुगेको हो ।

फिनल्याण्डले डेब्यू खेलमा डेनमार्कलाई हरायो

युरोकप : बेल्जियमसँग रुस पराजित

फिनल्याण्डले डेब्यू खेलमा डेनमार्कलाई हरायो

चेकोस्लोभाकियाकी बारबोराले जितिन् फ्रेञ्च ओपनको उपाधि

Leave a comment

Your email address will not be published. Required fields are marked *