हजमा ६० हजार मानिसलाई अनुमति दिने साउदी सरकारको घोषणा

एजेन्सी । साउदी अरबले यसपटक पनि कोरोनाका कारण हज गर्न सिमित कोटा तोकेको छ । यस वर्ष हजमा ६० हजार मानिसलाई मात्रै अनुमति दिने साउदी सरकारले घोषणा गरेको छ ।

साथै हज गर्न स्थानीय व्यक्तिलाई मात्रै अनुमति दिइने भएको छ। कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै साउदी सरकारले हज गर्न विदेशीलाई रोक लगाउने र सिमित संख्या तोक्ने निर्णय गरेको हो ।

साउदी अरबको विदेश मन्त्रालयले ट्विट गर्दै मानिसको सुरक्षा र स्वास्थ्यमा ध्यान दिँदै यस वर्ष पनि यस्तो कदम उठाउनु परेको स्पष्ट पारेको छ। यसपटक हज गर्न आउने साउदी भित्रकै नागरिक मात्र हुनेछन् भने उमेर १८ देखि ६५ वर्षभित्रको हुनुपर्नेछ।

यस्तै हज गर्न आउनेले कोरोनाको खोप लगाएको हुनुपर्नेछ। हज गर्न आउनेमा कुनै पनि प्रकारको गम्भीर रोग वा कुनै स्वास्थ्य समस्या नभएको हुनुपर्नेछ। साउदी अरबको यो निर्णयको इस्लामिक देशहरुको समूह ओआईसीले समर्थन गरेको छ ।

ओआईसीका महासचिव डाक्टर युसुफ अल ओथाइमीनले साउदीको हज मन्त्रालयले गरेको निर्णयको स्वागत गरेका हुन् ।  गत वर्ष पनि हजयात्रामा कोरोनाले असहज बनाएको थियो। गत वर्ष त जम्मा १ हजार जनालाई मात्र हजको अनुमति दिइएको थियो ।

हजमा ६० हजार मानिसलाई अनुमति दिने साउदी सरकारको घोषणा

तलब थोरै बढेको भन्दै पाकिस्तानका सरकारी कर्मचारी

हजमा ६० हजार मानिसलाई अनुमति दिने साउदी सरकारको घोषणा

युरोकप : बेल्जियमसँग रुस पराजित

Leave a comment

Your email address will not be published. Required fields are marked *