तलब थोरै बढेको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

रासस । पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन्। सरकारले नयाँ आर्थिक वर्षमा १० प्रतिशत मात्रै तलब वृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब वृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन्।

उनीहरूले शुक्रबार वृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा जनाइएको छ। गत तीन वर्षदेखि कर्मचारीहरूको तलब वृद्धि नभएकाले यस वर्ष धेरै वृद्धि हुनुपर्ने उनीहरूको भनाइ रहेको छ।

आन्दोलनकारीले करारका कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने माग पनि राखेको गेयो न्युजले समाचार सम्प्रेषण गरेको छ। प्रदर्शनकारीहरूले अर्थमन्त्रीलाई लक्षित गर्दै राष्ट्रिय संसद भवन अगाडि प्रदर्शन गरेका थिए।

दश प्रतिशत मात्रै तलब वृद्धि गर्ने निर्णय संशोधन गर्न पनि उनीहरूले माग गरेका छन्। ‘सरकारले कम्तीमा २५ प्रतिशत तलब वृद्धि भएको घोषणा गरोस्, हैन भने हामी जुनको अन्त्यसँगै कडा आन्दोलन घोषणा गर्न बाध्य हुनेछौँ’, एक कर्मचारी नेताले भने।

तलब थोरै बढेको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

उपत्यकाकाे निषेधाज्ञा पुन: एक साता थप्‍ने तयारी

तलब थोरै बढेको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

हजमा ६० हजार मानिसलाई अनुमति दिने साउदी

Leave a comment

Your email address will not be published. Required fields are marked *