वीरेन्द्रनगरमा पाँचसय शैयाको कोभिड अस्पताल संचालन गरिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । केही नयाँ कार्यक्रम थपिए पनि अधिकांश पुरानै योजना र कार्यक्रमलाई नै समेटेर नीति
तथा कार्यक्रम ल्याइएको छ ।

नयाँ कार्यक्रममा सहिदका परिवार र विभिन्न आन्दोलनका घाइते भएकाहरुलाई मासिक दुई हजार भत्ता, सुर्खेत–सिद्धपाइला, कोटवाडा–मान्म, रारा–मुर्माटप केबुलकार, प्रदेश प्रमुख दन्त उपचार सेवा कार्यक्रम, कर्मचारीलाई १२ दिनको पर्यटन विदा, प्राणघातक रोगको उपचारका लागि सहयता कोष र वीरेन्द्रनगरमा
पाँचसय शैयाको कोरोना अस्पताल स्थापना गर्ने छन् ।

यस्तै प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्टसहितको सरुवा रोग अस्पताल, महामारी नियन्त्रण एवम्विपद् व्यवस्थापनका स्वयंसेवकपरिचालन, सुर्खेतमा नागरिक अतिथि
सेवा गृहको स्थापना लगायतका नयाँ कार्यक्रमहरु छन् ।

त्यस्तै बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको, हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री, छोरी बुहारी छात्रवृत्ति कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम, पत्रकार स्वास्थ्य बीमा, पत्रकारिता स्नातकोत्तर छात्रवृत्ति, एक जिल्ला, एक उद्योग ग्राम, हिमाली र विकट पहाडी जिल्लामा आवासीय विद्यालय, टेलीमेडिसिन सेवा, गर्भवती तथा सुत्केरीको हवाइ उद्धार, एक स्थानीय तह, एक नमूना सामुदायिक विद्यालय लगायतका पुराना कार्यक्रमलाई पनि यसपाली निरन्तरता दिइएको छ ।

यसैगरी प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा पाँचसय शैयाको कोभिड अस्पताल निर्माण गर्ने भएको छ । संक्रामक रोग उपचार तथा व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले कोरोना विशेष अस्पताल निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश अस्पताललाई विशेषज्ञ शिक्षण अस्पताल र सबै जिल्ला अस्पताललाई
विशेषज्ञ सेवा प्रवाह गर्ने अस्पतालको रुपमा स्तरोन्नति गरिनेछ ।

जसका लागि मेसिन÷उपकरणको व्यवस्था र आवश्यक थप पूर्वाधारको विकास तथा सुदृढीकरण गरिने छ । जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिने छ । कम्तीमा एक भेन्टिलेटर र पाँच आईसीयू कक्षको व्यवस्थापन गरेर जिल्ला अस्पतालहरुको स्तरोन्नति गरिने भएको हो । यस्तै सबै जिल्लामा अक्सिजन प्लान्टसहितको सरुवा रोग अस्पताल पनि सञ्चालनमा ल्याइनेछ ।

सहिद परिवार र घाइतेलाई भत्ता

प्रदेश सरकारले जनयुद्ध, जनआन्दो लन र प्रदेश प्राप्तीको आन्दालेनमा सहिद बनेकाहरुका परिवार रती आन्दोलनमा धाइते भएकाहरुलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।

न्यूनतम जीविकोपार्जन एवम् सम्मानका लागि भत्त उपलब्ध गराउने नीति तथा कार्यक्रम उल्लेख छ । जनआन्दोलन, जनयुद्ध र प्रदेश प्राप्तिको आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने सहिद तथा बेपत्ता परिवार, घाइते र अपाङ्गता भएका व्यक्तिको सीप विकास र निःशुल्क स्वास्थ्य उपचार कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

गम्भीर प्रकृतिका सहार विहीन घाइते, अपाङ्गहरूको संरक्षणका लागि पुनस्र्थापना केन्द्र स्थापना गरिनेछ । द्वन्द्व प्रभावित तथा हिंसापीडित महिलाहरूका लागि संरक्षण घर (सेफ हाउस), सीपविकास र आयआर्जन कार्यक्रम सञ्चालन  गरिने छ ।

केवुलकारको योजना

यस्तै आगामी आर्थिक बर्षमा प्रदेशका सबै विमानस्थलको स्तरोन्नति गर्ने योजना अघि सारेको छ । सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नतिसहित प्रदेशका सबै विमानस्थलको स्तरोन्नति गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश राजधानी र मुख्य सहरमा साइकल लेन तथा पैदल यात्रुमैत्री सडक निर्माण कार्यलाई निरन्तरता दिइने उल्लेख छ ।

यस्तै सुर्खेत–सिद्धपाइला, कोटवाडा–मान्म, रारा–मुर्माटप लगायतका स्थानहरूमा केवुलकार संचालनका लागि सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । पर्यटन प्रवद्र्धन, आवागमन र आर्थिक विकासका गतिविधिहरूलाई टेवा पु¥याउने उद्देश्यले प्रदेश सरकारले केवुलकारको सम्भाव्यता अध्ययन गर्ने भएको हो ।

प्रदेशबाटै कर्मचारी भर्ना

प्रदेश सरकारले आगामी आर्थिक बर्षदेखि स्थायी कर्मचारी भर्ना लिने योजना अगाडि सारेको छ । प्रदेश लोकसेवा आयोगबाट प्रदेश तथा स्थानीय तहमा रिक्त दरबन्दीमा पदपूर्ति गर्ने योजना  नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने सरकारको योजना छ ।

सबै नागरिकलाई खोप

प्रदेश सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरे को छ । आगामी आर्थिक बर्षभित्र प्रदेशका सबै नागरिकलाई कोरोना खोप लगाइसक्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । कोरोनाविरुद्धको खोप निःशुल्क लगाइने छ ।

त्यस्तै दुर्गमका जटिल लक्षण देखिएका कोरोना संक्रमितहरूको हवाइउद्धार गरीने छ । कोरोना संक्रमितहरूको लागि निःशुल्क उपचार र पोषिलो आहार सम्बन्धित अस्पतालबाट उपलब्ध हुने निती तथा कार्यक्रममा उल्लेख छ ।

वीरेन्द्रनगरमा पाँचसय शैयाको कोभिड अस्पताल संचालन गरिने

कर्णाली: ‘जनयुद्ध’का अपांग र सहिद परिवारलाई भत्ता

वीरेन्द्रनगरमा पाँचसय शैयाको कोभिड अस्पताल संचालन गरिने

यी हुन् चन्दननाथ गुठीको जग्गामा रजाइँ गर्नेहरु,

Leave a comment

Your email address will not be published. Required fields are marked *